PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ज्ञानेन्द्र मल्ललाई ट्वीस्टरको प्रायोजन, दुई वर्षका लागि १६ लाख नेपाली रुपैयाँको सम्झौता



पहिलोपोस्ट

ज्ञानेन्द्र मल्ललाई ट्वीस्टरको प्रायोजन, दुई वर्षका लागि १६ लाख नेपाली रुपैयाँको सम्झौता

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट किट्स निर्माता कम्पनीले ट्वीस्टरले प्रायोजन गरेको छ।

राष्ट्रिय टिमका ओपनिङ ब्याट्सम्यान समेत रहेका मल्लाई ट्वीस्टरले क्रिकेट किट्स र नगद गरेर दुई वर्षको लागि करिब १० लाख भारतिय रुपैंया (नेरु १६ लाख) बराबरको सम्झौता गरेको हो।

ज्ञानेन्द्र र ट्वीस्टरको तर्फबाट केयुर देसाईले बिहीवार काठमाडौँमा सम्झौता गरेका छन्।

ज्ञानेन्द्रले गत शनिवारबाट टीयू मैदानमा सुरु भएको एभरेस्ट प्रिमिएर लिगको खेलमा ट्वीस्टरको ब्याट प्रयोग गर्न थालेपनि सम्झौता भने आज भएको हो।

यस अघि इण्डिया यू-१९ तथा प्रथम श्रेणीका खेलाडीहरुलाई स्पोन्सर गरेको ट्वीस्टरले पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको रुपमा ज्ञानेन्द्रलाई स्पोन्सर गरेको हो। यस्तै ट्वीस्टरका किट्सहरु ज्ञानेन्द्रले संचालन गरेका काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरमा उपलब्ध हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell