PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ए डिभिजन लिग : फ्रेण्ड्सको पोष्टमा पुलिसको पाँच गोल, पाँच फरक गोलकर्ता



पहिलोपोस्ट

ए डिभिजन लिग : फ्रेण्ड्सको पोष्टमा पुलिसको पाँच गोल, पाँच फरक गोलकर्ता
file photo

काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरको फ्रेण्ड्स क्लबलाई ५-० ले पराजित गरेको छ।

लिग अन्तर्गत शुक्रवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसलाई सिजनको चौथो जित दिलाउन पाँच फरक खेलाडीले गोल गरे।

एकपक्षीय जस्तै बनेको खेलमा पहिलो हाफमा दुई गोल गरेको पुलिसले दोस्रो हाफमा तीन गोल थप्यो। खेलको तेस्रो मिनेटमै रवि पासवानको पासमा अभिषेक रिजालले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। ३१औँ मिनेटमा रवीले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे।

५९औँ मिनेटमा रविकै पासमा कप्तान भरत शाहले पुलिसको लागि तेस्रो गोल गरे भने ६२औँ मिनेटमा अभिषेकको पासमा तेज तामाङले चौथो गोल गरे। ८८औँ मिनेटमा निर कुमार राईले भरत शाहको पासमा गोल गर्दै पुलिसलाई फराकिलो जित दिलाए।

यस सिजन चौथो जित हात पारेको पुलिसले आठ खेलमा १४ अंक जोडेको छ। अंक तालिकामा पुलिस पाँचौ स्थानमै यथावत छ। पुलिस अझै शीर्ष स्थानको मनाङ र दोस्रो स्थानको संकटा भन्दा ७ अंकले पछि छ। शीर्ष स्थानको मनाङले चौथो स्थानमा रहेको आर्मीसँग आज खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell