PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इपीएल : दोस्रो जितपछि चितवनको प्लेअफ सम्भावना कायम, पोखराको लगातार पाँचौ हार



पहिलोपोस्ट

इपीएल : दोस्रो जितपछि चितवनको प्लेअफ सम्भावना कायम, पोखराको लगातार पाँचौ हार
file photo

काठमाडौँ : उत्कृष्ट विदेशी खेलाडीसहित अष्ट्रेलियन प्रशिक्षक भित्र्याएको पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा जितविहिन हुँदै प्रतियोगिता टुङ्गाएको छ। शनिवार भएको अन्तिम लिग खेलमा पोखरा चितवन राइनोजसँग ७ विकेटले पराजित भयो।

दक्षिण अफ्रिकाका रिचर्ड लेभी, स्कटल्याण्डका कप्तान कायल कोत्जर जस्ता विदेशी खेलाडी अनी नेपालका शक्ति गौचन, विनोद भण्डारी, राजश पुलामी मगर, विक्रम सोब, सुशन भारी जस्ता खेलाडी भएको पोखराले यस सिजन एक खेल पनि जित्न सकेन।

पोखरालाई पराजित गर्दै लिग चरणको पाँच खेलबाट ४ अंक जोडेको चितवनले भने शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ। अब लिग चरणमा दुई खेल बाँकी छ र साविक विजेता विराटनगरलाई अन्तिम खेलमा काठमाडौँ किंग्स ११ ले पराजित गरेमा भने चितवन र विराटनगरको समान ४ अंक हुनेछ र रनरेटमा अगाडी रहने टिम प्लेअफ पुग्नेछ।

चितवनले यसअघि विराटनगरलाई पराजित गरेको थियो।

कीर्तिपुरस्थित टीयू मैदानमा आफ्नो अन्तिम खेल खेलेका भेट्रान स्पिनर शक्ति गौचनको लागि पनि अन्तिम खेल सुखद हुन सकेन। शक्ति गौचनले चितवन विरुद्धको खेलसँगै खेलाडी बाट सन्यास लिएका छन्। गत अगष्टमा नेदरल्याण्ड्स विरुद्धको वानडे सिरिज खेल्दै अन्तर्राष्ट्रिय खेलजीवन टुङ्गाएका शक्तिले इपीएलपछि घरेलु क्रिकेटबाट पनि सन्यास लिने प्रतियोगिताअघि बताएका थिए।

अन्तिम खेलमा शक्ति गौचन १ रनमा नटआउट रहे भने विकेविहिन भए। टीयू मैदानमा पोखराले दिएको १३० रनको लक्ष्य चितवनले १९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो।

चितवनको जितमा ओपनर पउल स्ट्रलिङ र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। स्ट्रलिङले ५५ रन बनाए भने दीपेन्द्र ५४ रनमा नटआउट रहे। दुवैले ४६ बल खेल्दै समान ५ चौका र २ छक्का प्रहार गरे। यी दुईले तेस्रो विकेटका लागि ६९ रन प्रहार गरे। यस सिजन इपीएलमा पहिलो खेल खेलेका पोखराका नन्दन यादवले २ विकेट लिए।

त्सअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सुनिल धमलालको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १२९ रन बनाएको थियो। पोदराले ओपनर रिचर्डलेभीलाई ड्रप गर्दै हङकङका सन्नी भिमसिरयालाई खेलाएको थियो। धमलाले ४२ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाए।

कप्तान केल कोत्जरले २३ रन बनाए भने उनीसागै ओपनिङ गरेमा विनोद भण्डारीले २७ रन बनाए। २०औँ ओभरको तेस्रो बलमा धमला आउट भएपछि क्रिज पुगेका शक्तिले एक बल खेल्दै १ रन बनाएर नटआउट रहे। बलिङमा चितवनका चितवनका जर्ज स्कटले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। ललित भण्डारीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell