PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भेट्रान स्पीनर शक्ति गौचनले टुङ्गाए खेलाडी जीवन



पहिलोपोस्ट

भेट्रान स्पीनर शक्ति गौचनले टुङ्गाए खेलाडी जीवन
photo : wicketnepal.com

काठमाडौँ : भेट्रान क्रिकेटर शक्ति गौचनले क्रिकेट खेलाडी जीवनबाट सन्यास लिएका छन्। उनले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिगको अन्तिम खेलमा चितवन विरुद्ध पोखराका लागि खेल्दै खेलाडी जीवन टुङ्गाएका हुन्।

यसअघि नै गत अगष्टमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका शक्तिले शनिवार इपीएलमा अन्तिम खेल खेल्दै घरेलु क्रिकेटबाट पनि सन्यास लिएका हुन्।

शक्ति 'द पावर' उपनामले परिचित उनले गत अगष्टमा नेदरल्याण्ड्स विरुद्ध नेपालको पहिलो वान डे इन्टरनेशनल सिरिज खेल्दै अन्तर्राष्ट्रिय प्लेइङ करिरलाई बिट मारेका थिए।

त्यतिबेला उनले त्यो अन्तिम विदेश भ्रमण भएको आफ्नो चाहना घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेर सन्यास लिने रहेको बताएका थिए। तर नेपाली क्रिकेट अहिले आइसीसीको निलम्बनमा रहेको र नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट तत्कालै खेल्न पाउन नदेखेपछि शक्तिले इपीएल सुरु हुनुअघि यही नै आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका थिए।

त्यही अनुसार चितवन टाइगर्स विरुद्धको खेल नै उनको लागि बलिङ र ब्याटिङ गर्ने अन्तिम खेल बन्यो। टीयू मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेर बिदा हुने चाहना पूरा नभएपिन उनले चितवन विरुद्ध पोखराका लागि टीयू मैदानमै खेल। अन्तिम खेलमा एक रनमा नटआउट रहेका शक्तिले बलिङमा भने विकेट लिन सकेनन्। खेल सकिएपछि शक्तिलाई पोखरा र चितवनका खेलाडीहरुले गार्ड अफ अनर समेत प्रदान गरेका थिए।

खेलपछि शक्ति गौचनले रिटारमेन्ट खेलाडिको लागि अविस्मरणिय क्षण हुने बताए। 'सबैको लागि यो अविस्मरणिय क्षण हुन्छ। मेरो लागि पनि त्यस्तै भयो। म यो कहिल्यै बिर्सन्न। मेरो अन्तिम खेल हेर्न सबै जना आइदिनुभयो। माया गर्नुभयो। यो नै मेरो लागि ठूलो कुरा हो।'

उनले खेलअघि खासै त्यस्तो केही नसोचेपनि चितवन विरुद्ध बलिङ गर्न सुरु गर्दा आफूलाई यो नै मेरो खेलाडी जीवनको अन्तिम ओभर हो भन्ने फिल हुन थालेको बताए। 'त्यतिखेर चाँही बिस्तारै मलाई अब अन्तिम खेल भन्ने लाग्न थालेको थियो। अनी मैले कसरी शतप्रतिशत दिएर खेल्ने। आफ्नो लागि र टिमको लागि पनि कसरी सकरात्मक रुपमा अन्त्य गर्ने भन्ने सोचेको थिएँ।'

'मैले इमानदारी भएर आफ्नो टिमलाई क्नेजती योगदान दिएको छ। रिजल्ट भन्ने कुरा छुट्टै हो।'

सुरुमा ब्याट्सम्यानबाट खेल जीवन सुरु गरेका शक्तिले पछिल्लो समय सफल बलरको रुपमा क्रिकेट खेले। उनी नेपालको लागि जुनियरर सिनियर टोलीबाट खेल्दै शतक प्रहार गर्ने एक्लो खेलाडी समेत हुन्।

शक्तिले सन् २००२ मा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell