PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रिमियर लिग : म्यानचेष्टर सिटी शीर्ष स्थानमा फर्कियो, गाब्रिएल जेससको दुई गोल



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी शीर्ष स्थानमा फर्कियो, गाब्रिएल जेससको दुई गोल

गाब्रिएल जेससले दुई गोल गर्दै प्रिमियर लिगमा गोलको खडेरी तोड्दा म्यानचेष्टर सिटी अंक तालिकामा शीर्ष स्थानमा फर्किएको छ।

जेससले दुई गोल गरेपछि सिटीले एभरटनलाई ३-१ ले पराजित गरेको हो। गत अगष्ट यता पहिलो गोल गर्ने क्रममा जेससले २२औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। जेससले ११ खेल र ४८७ मिनेटपछि प्रिमियर लिगमा पहिलो गोल गरेका हुन्।

घरेलु मैदान एतिहाड स्टेडियममा जेससले ५०औँ मिनेटमा दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। ६५औँ मिनेटमा एभरटनका डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै गोल अन्तर कम पारेका थिए। तर ६६औँ मिनेटमा लरेय सानेको स्थानमा मैदान प्रवेश गरेका रहिम स्टर्लिङले सिटीका लागि ६९औँ मिनेटमा गोल गर्दै ३-१ को अग्रता दिलाए। त्यसपछि खेलमा हुन नसक्दा सिटीले सहज जित हात पारेको हो।

जितपछि १७ खेलबाट ४२ अंक जोड्दै सिटी पहिलो स्थानमा उक्लेको हो।

अघिल्ल चरणमा चेल्सीसँग २-० ले पराजित भएपछि अपराजित यात्रा समेत टुङ्गिएको सिटी लिभरपुलसँग पछि पर्दै दोस्रो स्थानमा झरेको थियो। सिटी कम्तीमा पनि एक दिनका लागि शीर्ष स्थानमा रहनेछ।

सिटीले जितेपछि दोस्रो स्थानमा झरेको लिभरपुलले आइतवार घरेलु मैदानमा हुने रेड डर्बीमा म्यानचेष्टर युनाइटेडसँग खेल्दैछ। प्रिमियर लिगमा लिभरपुल यस सिजन अपराजित एक्लो टिम हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell