PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रिमियर लिग : क्रिस्टियन एरिक्सनले इन्जुरी टाइममा गोल गरेपछि टोटनहम विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : क्रिस्टियन एरिक्सनले इन्जुरी टाइममा गोल गरेपछि टोटनहम विजयी

सुपर सब क्रिस्टियन एरिक्सनले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि टोटनहमले प्रिमियर लिगमा शनिवार बर्नलीलाई १-० ले पराजित गरेको छ।

६५औँ मिनेटमा लुकास माउराको स्थानमा मैदान प्रवेश गरेका एरिक्सनले इन्जुरी टाइमको पहिलो मनेटमा गोल गरेपछि लण्डन क्लब ३ अंक जोड्न सफल भएको हो। एरिक्सनले ह्यारी केनको पासमा गोल गरेका हुन्।

सिजनको १३औँ जितपछि १७ खेलबाट ३९ अंङ्क जोडेको टोटनहम अंङ्क तालिकामा तेस्रो स्थानमै यथावत छ भने पहिलो र दोस्रो स्थानमा रहेको लिभरपुल र म्यानचेष्टर सिटीलाई पछ्याइरहेको छ।

१७ खेलबाट ४४ अंक जोडेको सिटी पहिलो स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित दवस्रो स्थानमा छ। लिभरपुल यस सिजन अपराजित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell