PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

इपीएल : भैरहवालाई ६ विकेटले हराउँदै ललितपुर क्वालिफायर्समा, सन्नी पटेलले लिए ५ विकेट



पहिलोपोस्ट

इपीएल : भैरहवालाई ६ विकेटले हराउँदै ललितपुर क्वालिफायर्समा, सन्नी पटेलले लिए ५ विकेट
ललितपुरका कोल्सावाला र सन्दिप जोरा

काठमाडौँ : ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को क्वालिफायर्समा प्रवेश गरेको छ।

लिग चरण अन्तर्गत आइतवार भएको आफ्नो अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुरले शीर्ष दुईमा स्थान पक्का गर्दै क्वालिफायर्समा स्थान बनाएको हो।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा भैरहवाले दिएको ९३ रनको लक्ष्य ललितपुरले  ओभरमा १४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

ललितपुरले लिग चरणमा ५ मध्ये ४ खेल जित्दै ८ अंक जोड्यो। उद्घाटन खेलमै साविक विजेता विराटनगर वारियर्ससँग पराजित भएको ललितपुरले त्यसपछि लगातार ४ खेल जितेको थियो। यस्तै सुरुको तीन खेल जित्दै प्लेअफमा स्थान पक्का गरेको भैरहवा काठमाडौँ र ललितपुरसँग पराजित भएको हो।

ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले पहिलो खेल हारेपनि त्यसपछि गल्तीलाई सुधार गर्दै खेलेको नतिजा हात पार्न सफल भएको बताए। उनले ललितपुरले व्यक्तिगत भन्दापनि टिम गेमको रुपमा खेलेको सफल भएको प्रतिक्रिया दिए।

पाँच खेलबाट ३ जितपछि भैरहवाको ६ अंक छ। यस्तै ४ खेलबाट काठमाडौँ किंग्स ११ ले पनि ६ अंक जोडेको छ र लिगको अन्तिम खेलमा सोमवार साविक विजेता विराटनगर वारियर्ससँग खेल्नेछ। उक्त खेलमा काठमाडौँ विजयी भए क्वालिफायर पुग्ने दोस्रो टिम बन्नेछ। विराटनगर विजयी भए भैरहवा, काठमाडौँ र विराटनगरको समान ६ अंक हुनेछ र यस्तोमा रनरेटमा अगाडी रहने टिम क्वालिफायर्स पुग्नेछ भने अन्य दुई टिमले एलिमिनेटरमा खेल्नेछ।

भैरहवा विरुद्ध ललितपुरका लागि पवन सराफले २५ रन बनाए। यस्तै ओपनर जयकिसन कोल्सावालाले २७ बल खेल्दै १ चौकाको मद्दतमा नटआउट २२ रन जोडे। सन्दिप जोराले १० बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा नटआउट १८ रन जोडे। जोराले छक्का प्रहार गर्दै ललितपुरलाई जिताएका हुन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभरमा ९२ रनमा अलआउट भएको थियो। भैरहवाका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए।

भैरहवालाई एक ओभर अघि नै अलआउट गर्न ललितपुरका सन्नी पटेल एक्लैले ५ विकेट लिए। उनले ४ ओभरमा १४ रन मात्र खर्चे। यस सिजन इपीएलमा एकै इनिङ्समा ५ विकेट लिने पटेलले पहिलो खेलाडी समेत बने। योगेन्द्र सिंह कार्की र रासिद खानले २-२ तथा ललित राजवंशीले विकेट लिए।

भैरहवाका राएन टेन डेसचाटेले ३६ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ३७ रन बनाए। यस्तै रवी इन्दर सिंहले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २५ रन जोडे। यी दुई विदेशी खेलाडीले ३४ रनको साझेदारी गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell