PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिमियर लिग : 'सुपर सब' शाकिरीले दोस्रो हाफमा दुई गोल गरेपछि लिभरपुलले म्यानेचष्टर युनाइटेडलाई हरायो



पहिलोपोस्ट

प्रिमियर लिग : 'सुपर सब' शाकिरीले दोस्रो हाफमा दुई गोल गरेपछि लिभरपुलले म्यानेचष्टर युनाइटेडलाई हरायो

वैकल्पिक खेलाडी जेर्दान शाकिरीले दोस्रो हाफमा दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा आइतवार म्यानचेष्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ।

जितपछि १७ खेलबाट ४५ अंक जोडेको लिभरपुल म्यानेचष्टर सिटीलाई १ अंकले पछि पार्दै पहिलो स्थानमा उक्लेको छ।

घरेलु मैदान एनफिल्डमा २७औँ मिनेटमा साडियो माजेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ३३औँ मिनेटमा जेस लिनगार्डले युनाइटेडका लागि बराबरी गोल फर्काए।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। तर ७०औँ मिनेटमा नेवी केइटाको स्थानमा मैदान प्रवेश गरेका शाकिरिले त्यसपछि १० मिनेटमा दुई गोल गर्दा लिभरपुलले शानदार जित हात पार्‍यो। शाकिरीले ७३औँ मिनेटमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए भने ८०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल जित जित पक्का गरे।

जितपछि लिभरपुलले यस सिजन अपराजित यात्रालाई १७ खेलसम्म कायम राखेको छ।

१७ खेलबाट २६ अंक रहेको युनाइटेड भने छैटौँ स्थानमा छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell