लिग चरणमा ललित सर्वाधिक विकेट टेकर, सर्वाधि रन बनाउने शीर्ष दशमा नेपालबाट दिपेन्द्र मात्र
काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को लिग चरणका सबै १५ खेल सकिएका छन्र साविक विजेता विराटनगर वारियर्स र काठमाडौँ किंग्स ११ बीच बज भएको खेलपछि लिग चरण सकिएको हो।
अब प्लेअफ चरणको ४ खेल बाँकी छ। जसमा दुई क्वालिफायर्स, एक एलिमिनेटर र एक फाइनल हुनेछ। लिग चरणमा पहिलो र दोस्रो भएको ललितपुर र काठमाडौले पहिलो क्वालिफायर्स खेल्नेछ। यस्तै तेस्रो र चौथो भएको भैरहवा र चितवनले एलिमिनेटर खेल्नेछ।
यस पटक आकर्षणको रुपमा नाम चलेका विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्स र विदेशी कमेन्टेटरहरु थिए। मैदानमा पनि ठूला नामका विदेशी खेलाडीहरुले राम्रो प्रदर्शन गरे। ब्याटिङमा धेरै हदसम्म विदेशी खेलाडी हावी भए र नतिजाका पनि उनीहरु नै निर्णायक देखिए। नेपाली ब्याट्सम्यानमा दिपेन्द्र सिंह ऐरीले अन्य भन्दा राम्रो प्रदर्शन गरे।
बलिङमा भने नेपाली खेलाडीहरुले पनि धेरै विकेट लिए। युवा खेलाडीले राम्रो बलिङ गरे। नेपालका स्टार खेलाडी सन्दीप लामिछानेल सुरुको दुई खेल खेलेर बिग बास लिगका लागि अष्ट्रेलिया प्रस्थान गरेकाले उनलले बाँकी खेल खेल्न पाएनन्।
लिग चरणमा एक शतक र १२ अर्धशतक बन्यो। शतक हान्ने खेलाडी विदेशी नै रहे। यस्तै ९ अर्धशक पनि विदेशी खेलाडीको नाममा रह्यो। नेपालका खेलाडीले प्रतियोगिताको आठौँ दिन १२औँ खेलमा पुगेर मात्र अर्शतक हान्न सके। काठमाडौँ किंग्सका अमित श्रेष्ठ अर्धशतक हानने पहिलो नेपाली खेलाडी बने। उनले भैरहवा विरुद्ध अर्धशकत प्रहार गरे। यस्तै पोखरा राइनोजका सुनिल धमला र चितवनका दिपेन्द्र सिंह ऐरीले १३औँ खेलमा अर्धशतक प्रहार गरे।
लिग चरणमा सबैभन्द धेरै रन बनाउने खेलाडी पनि विदेशी नै रहे। भारतका रवी इन्दर सिंह एक शतक र एक अर्धशतकसहित २७३ रन बनाएर सबैभन्दा अगाडी छन्। नेपाली खेलाडीतर्फ दिपेन्द्र सिंह ऐरीले ५ खेलमा एक अर्धशतक सहित १७५ रन बनाए। उनी यस सूचीमा पाँचौ स्थानमा छन्। पाँच खेल खेल्दै २ अर्शतकको मद्दतमा २०५ रन बनाएका भारतका गौरव तोमार र चार खेलमा दुई अर्धशतक हान्नै २०४ रन बनाएका दक्षिण अफ्रिकाका रिचर्ड लेभी तेस्रोमा छन्।
यस्तै ५ खेलमा एक अर्धशतकसहित काठमाडौँका केभिन ओ'ब्रायन १८३ रनसहित चौथो स्थानमा छन्। विराटनगर विरुद्धको अन्तिम खेलमा काठमाडौँलाई जिताउन उनले अलराउण्ड प्रदर्शन गरे।
नेपाली खेलाडीमा दिपेन्द्र बाहेक सय रन कटाउनेमा सुनिल धमला रहे। उनले ४ खेलमा एक अर्धशतक सहित १०८ रन बनाए।
यसैगरी लिगमा सर्वाधिक विकेट लिनेमा भने नेपाली बलर ललित सिंह भण्डारी सबैभन्दा अगाडी छन्। देब्रेहाते फास्टर बलर ललितले ५ खेल खेल्दै ९ विकेट लिएका हुन्। उनले विराटनगर विरुद्धको खेलमा ४ विकेट लिँदै चितवनलाई पहिलो जित दिलाउन मद्दत गरेका थिए।
यस सूचीको दोस्रो स्थानमा विराटनगरबाट खेल्ने रोलोफ भान डेर मर्वे छन्। अन्तिम खेलमा काठमाडौँ विरुद्ध २ विकेट लिँदै मर्वेले ८ विकेट पुर्याएका हुन्। यस्तै ललितपुरबाट खेल्ने भारतीय खेलाडी सन्नी पटेलले पनि ५ खेलबाट ८ विकेट लिएका छन्। उनले भैरहवा ग्लाडिएटर्स विरुद्ध लिगको अन्तिम खेलमा ५ विकेट लिएका थिए।
यस्तै लिगको अन्तिम खेलमा विराटनगर विरुद्ध ३ विकेट लिएका काठमाडौँका केभिन ओ'ब्रायन, चितवनका जर्ज स्कट र पोखराका सुशन भारीले समान ७ विकेट लिएका छन्।