PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

च्याम्पियन्स लिग : लिभरपुल र वायर्न अन्तिम १६ मै भिड्ने, बार्सिलोनालाई सजिलो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : लिभरपुल र वायर्न अन्तिम १६ मै भिड्ने, बार्सिलोनालाई सजिलो

जर्मन क्लब वायर्न म्युनिख र इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन लिग २०१८-१९ सिजनको अन्तिम १६ मै भिड्ने भएका छन्। युइएफले सोमवार सार्वजनिक गरेको अन्तिम १६ को ड्र अनुसार यी दुई क्लबले प्रिक्वाटरफाइनलमै आमनेसामने हुने भएका छन्।

लिभरपुल गत सिजनको फाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो। यस्तै वायर्नला२ पनि रियल मड्रिडले सेमिफाइनलमा हराएको थियो।

यस्तै अर्को इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले फ्रेन्च च्याम्पियन पिएसजी प्रतिद्वन्दी पाएको छ भने म्यानचेष्टर सिटी र टोटनहम हट्सपरले पनि जर्मनीकै क्लबसँग अन्तिम १६ मा खेल्ने भएको छ।

सिटीले साल्के तथा टोटनहमले बोरुसिया डर्टमण्डसँग खेल्नेछ।

यसैगरी साविक विजेता रियल मड्रिड र स्पेनकै बार्सिलोनाले भने तुलनात्मक रुपमा सजिलो प्रतिद्वन्दी पाएका छन्। रियलले नेदरल्याण्ड्सको अयाक्स तथा बार्सिलोनाले फ्रेन्च क्लब लियोनसँग खेल्नेछ।

यस्तै इटालियन जायन्टले युभेन्ट्सले स्पेनको एट्लेटिको मड्रिडसँग खेल्नेछ भने अर्को इटालियन क्लब रोमाले पोर्चुगिज च्याम्पियन पोर्टोको सामना गर्नेछ।

समूह चरणमा विजेता बनेका क्लबहरुले पहिलो लेग अवे मैदानमा खेल्नेछ र दोस्रो लेग होम मैदानमा खेल्नेछ।

अन्तिम १६ को पहिलो लेगमा खेलहरु फेब्रुअरी र दोस्रो लेगका खेलहरु मार्चमा हुनेछ।

यसैगरी युरोपा लिगाको राउण्ड अफ ३२ को ड्र पनि सार्वजनिक भएको छ। जसमा उपाधि दाबेदार क्लबहरु चेल्सी र आर्सनललले सहज प्रतिद्वन्दी पाएका छन्। चेल्सीले स्वीट्जरल्याण्डको बाटे बारिसोभ र आर्सनलले स्वीडेनको माल्मोसँग खेल्ने भएको छ।

यस्तै पच्याम्पियन लिगको समूह चरणबाट तेस्रो भएर युरोपा लिगमा छनोट भएको इटलीको इन्टर मिलानले र्‍यापिड भियनासँग खेल्नेछ भने भ्यालेन्सियाले सेल्टिकसँग खेल्नेछ। यस्तै गालातासारेले वेनफिकासँग खेल्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell