PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

निर्मला प्रकरणमा समातिएका चौधरी रिहा, ‘डिएनए नमिले पनि’ रावल अझै हिरासतमै



पहिलोपोस्ट

निर्मला प्रकरणमा समातिएका चौधरी रिहा, ‘डिएनए नमिले पनि’ रावल अझै हिरासतमै
मोन्टाज गरिएको फोटो

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अनुसन्धानको लागि नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएका विशाल चौधरी हिरासतमुक्त भएका छन्।

घटनामा संलग्नता नदेखिए पछि उनलाई छोडिएको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। 

एसएसपी सुवेदीले भने, 'अदालतको आदेश अनुसार नै हामीले छोडेका हौं।'

कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार चौधरीलाई शनिबार कञ्चनपुरमै उनका पिताको जिम्मा लगाइएको हो। 

गत मंसिर २१ गते चौधरीलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो। 

प्रहरीले अनुसन्धानको लागि भन्दै नियन्त्रणमा लिएका अर्का किशोर प्रदीप रावललाई भने अझै रिहा गरेको छैन। रावलकै बयानका आधारमा चौधरीलाई कञ्चनपुरबाट पक्रेर काठमाडौँ ल्याइएको थियो।

प्रहरीले दुवै जनाको डिएनए परिक्षण समेत गराएको थियो। तर दुवै जनाको डिएनए निर्मलाको भेजिनल स्वाबबाट निकालिएको पुरुष डिएनएसँग मिलेको थिएन। यद्यपि डिएनएको रिपोर्ट प्रहरीले आधिकारिक रुपमा अझै सार्वजनिक गरेको छैन। 

चौधरी निर्मला हराएको दिन गत साउन १० गते चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेको खुलेको थियो। उनलाई साउन ११ गते उनकी आमा प्रहरी चौकी पुगेर छुटाएकी थिइन्।  

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell