PahiloPost

Jul 3, 2024 | २० असार २०८१

प्रिमियर लिग : उपाधि होडमा रहेको सिटीलाई धक्का, क्रिस्टल प्यालेससँग ३-२ ले पराजित, सोल्सायरको डेब्युमा युनाइटेडको शानदार जित



पहिलोपोस्ट

प्रिमियर लिग : उपाधि होडमा रहेको सिटीलाई धक्का, क्रिस्टल प्यालेससँग ३-२ ले पराजित, सोल्सायरको डेब्युमा युनाइटेडको शानदार जित

सुरुवाती अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा साविक विजेता म्यानचेष्टर सिटी प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग ३-२ ले पराजित भएको छ। यस सिजन दोस्रो हार बेहोरेपछि सिटीको उपाधि होडमा धकका लागेको छ भने शीर्ष स्थानको लिभरपुल भन्दा ४ अंकले पछि परेको छ।

यस्तै लण्डन क्लब चेल्सी लेस्टरसँग १-० ले पराजित भएको छ भने अर्को लण्डन क्लब आर्सनलले बर्नलीलाई ३-१ ले पराजित गरेको छ।

यस्तै नयाँ म्यानेजर ओले गनर सोल्सायरको डेब्यु प्रशिक्षणमा म्यानचेष्टर युनाइटेडले शानदार जित हात पारेको छ। युनाइटेडले अवे मैदानमा कार्डिफ सिटिलाई ५-१ ले हरायो।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको २७औँ मिनेटमा एकाए गुन्डागोनले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए। ३३औँ मिनेटमा प्यालेसका लागि जेप्रे स्कुल्पले बराबरी गोल पर्काए। त्यसको दुई मिनेटपछि नै आन्द्रे टाउन्सन्डले गोल गर्दै प्यालेसलाई २-१ को अग्रता दिलाए। पहिलो हाफमा एक गोलले अगाडि रहेको प्यालेसलले दोस्रो हाफमा चाँडै गोल थप्यो। ५१औँ मिनेटमा लुका मिलिभोजेभिकले गोल गर्दै प्यालेसलाई ३-१ को अग्रता दिलाए।

८५औँ मिनेटमा केभिन डे ब्रुएनाले सिटीका लागि गोल फर्काएपनि त्यो हार टार्न पर्याप्त भएन।

उता चेल्सीलाई पनि उसैको मैदानमा पराजित गर्न लेस्टरका जेमी भार्डीले ५१औँ मिनेटमा गोल गरे। त्यसअघि पिएरे एमरिक औवामेयाङको दुई गोलमा आर्सनलले बर्नीलाई पराजित गर्दै चेल्सीसँग अंक बराबरी गरेको थियो। आर्सनललका लागि एलेक्स इओबीले एक गोल थपे।

क्लबे निरन्तर रुपमा खराब नतिजा बेहोरेपछि जोसे माउरिन्होलाई बर्खास्त गर्दै पूर्व खेलाडि ओले गनर सोल्सायरलाई  केयरटेकर म्यानेजर नियुक्त गरेको युनाइटेडले कार्डिफलाई ५-१ ले पराजित गर्‍यो।

सोल्सायरको प्रशिक्षण डेब्युलाई शानदार बनाउन जेस लिनगार्डले युनाइटेडका लागि दुई गोल गरे। यस्तै मार्कुस रासफोर्ड, आन्द्रे हरेरा र एन्टोनी मार्सिएलले एक-एक गोल गरे। नयाँ म्यानेजरको नेतृत्वमा युनाइटेडका युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे।

क्रिसमसअघि प्रिमियर लिगमा १८ खेलबाट ४८ अंकसहित लिभरपुल पहिलो स्थानमा छ भने समान खेलबाट ४४ अंकसहित दोस्रो स्थानमा छ। एक खेल कम खेलेको टोटनहम ३९ अंकसहित तेस्रो स्थानमा छ र आज टोटनहमले एभरटनसँग खेल्दैछ। यस्तै लण्डन क्लबद्वय चेल्सी र आर्सनलको समान ३७ अंक छ। गोलअन्तरमा चेल्सी अगाडी छ। सिजनको आठौँ जित हात पारेको युनाइटेड २९ अंक जोड्दै छैटौँ स्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell