PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

गोंगबुमा ८ वर्षीय बालक प्रयासको हत्या प्रकरण, अभियुक्त महेन्द्र सार्की जेल चलान



पहिलोपोस्ट

गोंगबुमा ८ वर्षीय बालक प्रयासको हत्या प्रकरण, अभियुक्त महेन्द्र सार्की जेल चलान

काठमाडौँः गोंगबु स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ।

मङ्सिर ११ गते गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसबाट प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जङ्गलमा मारेर काठमाडौँ महानगरपालिका–२६ म्हैपी पुलमुनि फाल्ने सार्कीलाई सोमबार जेल चलान गरिएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेश भएकामा अदालतको आदेशानुसार सार्कीलाई केन्द्रीय कारागार चलान गरिएको जानकारी दिए।

पढनुस्ः ८ वर्षे बालक हत्या प्रकरण : चालकको बयान, 'मलाई पहिलेदेखि नै रिस उठिरहेको थियो'

मङ्सिर ११ गतेदेखि हराएका बालक प्रयासको शव महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मङ्सिर १३ गते सामाखुशी म्हैपी पुलमुनि फेला पारेको थियो। सार्की स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सवारी चालक पनि थिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell