PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नेपालका नम्वर वान गोलकिपर किरण बने माल्दिभ्स फुटबल अवार्डमा उत्कृष्ट गोलकिपर



पहिलोपोस्ट

नेपालका नम्वर वान गोलकिपर किरण बने माल्दिभ्स फुटबल अवार्डमा उत्कृष्ट गोलकिपर

काठमाडौँ : नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङले माल्दिभ्समा अर्को अवार्ड जितेका छन्। माल्दिभ्स व्यावसायिक लिग खेल्दै आएका किरणले माल्दिभ्स फुटबल अवार्डमा उत्कृष्ट गोलकिपरको अवार्ड जितेका हुन्। माल्दिभ्स फुटबल संघ र माल्दिभ्स फुटबल डट कमले प्रदान गरेको अवार्डमा किरणले न्यू रेडियन्टका मोहमेद फैजल र क्लब इगल्सका सुजन परेरालाइ पछि पारे।

टीसी स्पोर्ट्स क्लबलाई यस सिजन धिवेही प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका किरणले यसअघि लिगको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए।

शुक्रवार माल्दिभ्समा भएको माल्दिभ्स फुटबल अवार्डमा उत्कृष्ट चुनिएका किरण भने समारोहमा उपस्थित हुन सकेनन्। उनी हाल नेपालमै छन्। किरणको अनुपस्थितीमा उनको अवार्ड टीसी स्पोर्ट्सका प्रशिक्षक मोहमेद निजामले ग्रहण गरेका थिए। म्यानचेष्टर युनाइटेड तथा डेनमार्कका लिजेण्ड गोलकिपर पिटर सेमिकलले अवार्ड प्रदान गरेका थिए।

उत्कृष्ट गोलकिपर हुँदै दोस्रो पटक अवार्ड जितेपछि किरणले खुशी व्यक्त गर्दै यसमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell