PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

युएई विरुद्ध हुने सिरिजका लागि २० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा, अभिनाष बोहरा र सन्दीप जोरा पनि क्याम्पमा



पहिलोपोस्ट

युएई विरुद्ध हुने सिरिजका लागि २० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा, अभिनाष बोहरा  र सन्दीप जोरा पनि क्याम्पमा
अभिनाष बोहरा, फोटो : विकेटनेपाल

काठमाडौँ : युएईसँग आगामी जनवरी-फेब्रुअरीमा हुने ओडिआई र टी-२० सिरिजका लागि २० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा भएको छ।

नेपालले ओडिआई मान्यता पाएपछि दोस्रो पटक ओडिआई सिरिज खेल्न लागेको हो। यस्तै टी-२० सिरिज पनि ओडिआई मान्यता पाएयता दोस्रो हो।

नेपालले यसअघि लर्ड्समा नेदरल्याण्ड्स र एमसीसी सम्मिलित टी-२० इन्टरनेशनल सिरिज खेलेको थियो भने अगष्टसमा नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेलेको थियो।

नेपाल र युएई बीचको सिरिज जनवरी २५ देखि फेब्रुअरी ३ सम्म हुनेछ। जसमा नेपालले ३ खेलको ओडिआई सिरिज र ३ खेलको टी२० सिरिज खेल्नेछ।

त्यसैका लागि प्रारम्भिक चरणमा २० सदस्यी टोली घोषणा गर्दा युवा खेलाडीहरु अभिनाष बोहरा र सन्दीप जोरा पनि अटाएका छन्। बोहरा फास्ट बलर हुन् भने सन्दीप अलराउण्डर हुन्। यस्तै भिम शार्की, पवन सराफ जस्ता युवा खेलाडी पनि क्याम्पका लागि छनोट भएका छन्।

अभिनास, सन्दीप र पवनले एभरेष्ट प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस्तै राष्ट्रिय टिमका खेलाडी सागर पुन चोटका कारण ६ महिना मैदान बाहिर रहनेछन् उनी क्याम्पमा हुनेछैनन्। एपीएलकै क्रममा चोट लागेका फास्ट बलर सोमपाल कामी भने क्याम्पका लागि टिममा छन्। यसैगरी राष्ट्रिय टिममा परिसकेका फास्ट बलर विक्रम सोबले पनि पुनरागमन गरेका छन्।

यस्तै नेपाली क्रिकेटका नयाँ पोस्ट ब्वाइ युवा स्पीनर सन्दीप लामिछाने पनि टिममा छन्। उनी हाल बीग बास खेलिरहेका छन्। दुई दिनपछि सन्दीप बंगलादेर्श प्रिमियर लिग खेल्न बंगलादेश जानेछन्। र त्यसतैबाट युएई जानेछन्।

युएई विरुद्धको सिरिजका लागि जनवरी ८ बाट क्याम्प सुरु हुनेछ।

राष्ट्रिय टिमको नियमित सदस्य रहेका अनिल कुमार शाह प्रारम्भिक टोलीमै छैनन् भने अर्का अलराउण्डर सुनिल धमला पनि टिममा अटाएनन्।

यस्तै अन्तिम टोली केही दिनपछि घोषणा हुने राष्ट्रिय टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जनाएका छन्।

आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० खेलाडी छनोट गरेको हो।

 

नेपालको युएई टुरको तालिका यस्तो छ।

जनवरी २५, २०१९ : फस्ट ओडिआई

जनवरी २६, २०१९ : सेकेण्ड ओडिआई

जनवरी २८, २०१९ : थर्ड ओडिआई

जनवरी ३१, २०१९ : फस्ट टी-२० आई

फेब्रुअरी १, २०१९ : सेकेण्ड टी-२० आई

फेब्रुअरी ३, २०१९ : थर्ड टी-२० आई

 

२० सदस्यीय टिम : पारस खड्का (कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, विक्रम सोब, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, आरिफ शेख, पवन सराफ, प्रदिप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दिप जोरा, सुशन भारी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell