PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अब फुटबलको पनि फ्रेन्चाइज लिग, एन्फाले दुई नयाँ टुर्नामेन्ट गर्ने



पहिलोपोस्ट

अब फुटबलको पनि फ्रेन्चाइज लिग, एन्फाले दुई नयाँ टुर्नामेन्ट गर्ने

काठमाडौं : नेपालमा अब फुटबलको फ्रेन्चाइज लिग पनि हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल लिग गर्न लागेको हो।

यसबारे मंगलवार पत्रकार सम्मलेन गरेर जानकारी दिने एन्फाले जनाएको छ।

एन्फाले उक्त फ्रेन्चाइजको नाम 'नेपाल प्रिमियर लिग' राखेको छ। यस लिगसँगै अर्को टुर्नामेन्टको लागि एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट सहकार्य गर्ने भएको छ।

नेपाल प्रिमियर लिग र स्कुल फुटबल टुर्नामेन्टको लागि एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसंग मंगलबार सम्झौता गर्ने जनाएको छ।

फ्रेन्चाइज लिग कस्तो हुने भन्ने जानकारी एन्फाले मंगलावर नै दिनेछ।

झण्डै साढे चार वर्षपछि सहिद स्मारक ए डिभिजन लिगको आयोजना गरेको एन्फाले प्रदेश लिग र राष्ट्रिय लिग समेत गर्ने बताएको छ। यस्तै प्रदेश नम्वर १ मा प्रदेश लिग र मुख्यमन्त्रीकप आमन्त्रण प्रतियोगिता गर्नको लागि प्रदेश १ सरकारसँग पनि एन्फाले पाँच वर्षको लागि सम्झौता गरिसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell