PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वाइड बडी प्रकरणमा दोषीलाई बचाउने दुष्प्रयास भयो : नयाँ शक्ति पार्टी



पहिलोपोस्ट

वाइड बडी  प्रकरणमा दोषीलाई बचाउने दुष्प्रयास भयो : नयाँ शक्ति पार्टी

काठमाडौं : नयाँ शक्ति पार्टीले संसदीय छानविन उप समितिले कारवाहीका लागि सिफारिस गरेका बहालवाला मन्त्री, सचिव र महाप्रबन्धक नैतिकताका आधारमा पदमा बस्न नहुने जनाएको छ।

'हामी छानविन समितिको यस कदमको हार्दिक स्वागत गर्दछौं,' नयाँ शक्तिले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'बस्तुत: उक्त संसदीय छानविन उप समितिले गरेको छानविन र ठहरका आधारमा उपरोक्त मन्त्री, सचिव र महाप्रबन्धक समेतलाई अब आफ्नो ओहदामा रहिरहने नैतिक आधार एक क्षण पनि रहँदैन।'

नयाँ शक्तिले राष्ट्रलाई टाट पल्टाउने प्रकारको घोटलालाई अनेक बहानवाजीमा राजनीतिक ढकछोपको प्रयत्न भइरहेको जानकारीमा आएको जनाउँदै सचेत गराएको छ। 'कुनै पनि बहानामा छानविन उप समितिको सिफारिस र ठहरलाई उल्टाउने दुष्प्रयास नगरी वाइड बडी विमान खरीद मिलेमतो र अनियमितताको अझै गहिरो छानविन गरी सम्पूर्ण दोषीहरुमाथि सीघ्र कडा कार्वाहीको माग गर्दछौं। दोषीहरुलाई बचाउने दुष्प्रयास कतैबाट भएमा पुन: संघर्षमा उत्रिन बाध्य हुने व्यवहोरासमेत जानकारी गराउँछौं।'

वाइड बडी विमान खरीद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घाटा पुर्‍याएको ठहर गरिएको छ। बहालवाला पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित पूर्व तीन मन्त्री समेत यस काण्डमा दोषी देखिएको प्रतिवेदनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell