PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

वाइड बडी विमान खरीदको विषयमा सरकारले गठन गर्‍यो उच्चस्तरीय छानविन आयोग



पहिलोपोस्ट

वाइड बडी विमान खरीदको विषयमा सरकारले गठन गर्‍यो उच्चस्तरीय छानविन आयोग

काठमाडौं : नेपाल वायुसेवा निगमका लागि खरीद गरिएको वाइड बडी विमानको विषयमा संघीय संसदको सार्वजनिक लेखा समितिमा उप समितिको प्रतिवेदन पेश भएलगत्तै सरकारले अर्को उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

संसदीय समितिले प्रतिवेदन सार्वजनिक गर्नुअघि नै सरकारले त्यसलाई प्रभावित पार्नेगरी अर्को समिति गठन गरेको हो। पूर्व न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको हो। आयोगलाई ४५ दिनको कार्यादेश दिइएको छ। 

आजै सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिले बनाएको उप समितिको प्रतिवेदन मान्य नहुने धारणा राखेका थिए। मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले संसदीय समितिको काममाथि नै विरोधाभाषपूर्ण अभिव्यक्ति दिएका थिए। 

आज बसेको मन्त्रिपरिषद बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगको सदस्यमा पूर्व नायव महान्यायाधीवक्ता नरेन्द्र पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell