PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनः पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजाल रहेका छन्। वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नम्वको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ४०प ९२०६ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell