PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सर्वोच्चका न्यायाधीश घिमिरेले पाए अवकाश, चार न्यायाधीशको पद रिक्त



पहिलोपोस्ट

सर्वोच्चका न्यायाधीश घिमिरेले पाए अवकाश, चार न्यायाधीशको पद रिक्त

काठमाडौँः सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले सेवाबाट अवकाश पाएका छन्। उमेरहदका कारण घिमिरेले अवकाश पाएका हुन्। शनिबारसम्म कार्यकाल रहेका घिमिरेको शुक्रबार नै सर्वोच्चले बिदाइ गरेको छ।

२०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका घिमिरेले ६५ वर्षे उमेरहदका कारण अवकाश पाएका हुन्। अवकाशको अन्तिम समयमा भ्रष्टाचार लगायतका मुद्दामा घिमिरेले गरेको आदेशहरू विवादित बनेका थिए। रिटहरूमा जारी अल्पकालीन आदेश समेत विवादमा परेका थिए। 

घिमिरेको अवकाशपछि अब सर्वोच्चमा प्रधानन्यायाधीशसहित १७ मात्र न्यायाधीश बाँकी छन्। संवैधानिक व्यवस्था अनुसार सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना न्यायाधीश रहने व्यवस्था छ। पुस १८ बाट ओमप्रकाश मिश्रले अवकाश पाएका थिए। 

सो व्यवस्था अनुसार अब सर्वोच्चमा चार न्यायाधीशको पदपूर्ति हुनु पर्नेछ। न्याय परिषद्को सिफारिसमा न्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell