PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त, १० औँ तहबाट एमडीमा जम्प



पहिलोपोस्ट

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त, १० औँ तहबाट एमडीमा जम्प

काठमाडौः  खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त भएका छन्। अन्तिम प्रतिस्पर्धामा रहेका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र संगिता अर्याललाई पछाडि पार्दै अधिकारी टेलिकमको एमडी नियुक्त भएका हुन्।

मन्त्रिपरिषद स्रोतले टेलिकमको एमडीमा अधिकारी नियुक्त भएको पुष्टी गरेको छ।

डिल्ली अधिकारी र संगीता अर्याल टेलिकममै दशौं तहमा कार्यरत व्यवस्थापक हुन्। अधिकारी अहिले प्रबन्ध निर्देशककै कार्यलयमा प्राविधिक सल्लाहकारको रुपमा कार्यरत छन् भने अर्याल ब्याकबोन डिपार्टमेन्टमा कार्यरत छिन्। यसअघि ब्याकबोन डिपार्टमेन्टमै काम गरेका अधिकारी भने गत भदौदेखि प्रबन्ध निर्देशकको कार्यलयमा सरुवा भएका हुन्।

गत कात्तिक दोस्रो साता भएको अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनको सम्मेलनमा भाग लिन बास्कोटा नेतृत्वको भ्रमण दलमा सहभागी भई संयुक्त अरब इमिरेट्स (दुबई) को भ्रमणमा गएदेखि नै नेपाल टेलिकमभित्र डिल्लीराम अधिकारीलाई टेलिकमका भावी प्रबन्ध निर्देशकको रुपमा अर्थ्याउन थालिएको थियो।   

टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो। छनौट समितिले ८ जनाको नाम मात्रै संक्षिप्त सूचीमा समावेश गरेर व्यवसायीक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको लागि बोलाएको थियो।

गत सोमबार डा. विमल आचार्य, बुद्धिप्रसाद आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला र संगीता पहाडी अर्यालले छनौट समिति समक्ष व्यवसायीक कार्ययोजना प्रस्तुत गरेका थिए।

त्यसैगरी, मंगलबार डिल्लीराम अधिकारी, चन्द्रमोहन झा र प्रदीपराज उपाध्यायले व्यवसायीक कार्ययोजना प्रस्तुत गरेका थिए। आवेदन गरेका मध्ये अनिलकुमार झा र रामदेव यादवलाई संक्षिप्त सूचीमा समावेश गरिएको थिएन्।

कुल १५ अर्ब चुक्ता पुँजी भएको नेपाल टेलिकमको मोबाइल र आधारभूत टेलिफोन सेवा गरेर दुई करोड भन्दा बढी प्रयोगकर्ता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell