PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टेष्ट क्रिकेटमा भारतलाई ऐतिहासिक सफलता, अष्ट्रेलियालाई पहिलो पटक उसैको मैदानमा हरायो

टेष्ट क्रिकेटमा भारतलाई ऐतिहासिक सफलता, अष्ट्रेलियालाई पहिलो पटक उसैको मैदानमा हरायो

पहिलोपोस्ट /पहिलोपोस्ट


भारतले टेष्ट क्रिकेटमा अष्ट्रेलियन भूमिमा ऐतिसहासिक सफलता हात पारेको छ। ७१ वर्षपछि भारतले टेष्टमा अष्ट्रेलियालाई पहिलो पटक उसैको मैदानमा पराजित गरेको हो।

वर्षाका कारण चौथो टेष्ट बराबरी भएपछि भारतले चार खेलको सिरिज २-१ ले जितेको हो।

भारतले एडेलेइडमा भएको पहिलो सिरिज ३१ रनले र मेलवर्नमा भएको तेस्रो टेष्ट १३७ रनले जितेको थियो। पर्थमा भएको दोस्रो टेष्ट अष्ट्रेलियाले १४६ रनले जितेको थियो।

चौथो टेष्टमा पनि भारत जित नजिक पुगेका बेला अन्तिम दुई दिनको खेल वर्षाले प्रभावित बनेपछि खेल बराबरीमा सकिएको हो।

सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको भातरले चेतेश्वर पुजारा र रिवस पन्तको शतक मद्दतमा पहिलो इनिङ्समा  ६२२/७ को उच्च स्कोर बनाउदै इनिङ्स डिक्लेर गरेको थियो।

अष्ट्रलियाले पहिलो इनिङ्समा सबै विकेट गुमाएर ३०० रन बनाएपछि 'फलो अन'मा परेको थियो र पुन: ब्याटिङ गर्न सुरु गरेको थियो। तर ६-० को स्थितीपछि वर्षा चौथो र पाँचौ दिनको खेल प्रभावित बन्यो।

अष्ट्रेलियामा टेष्ट सिरिज जितेपछि भारतीय कप्तान विराट कोहलीले आफ्नो करियरकै ठूलो जित भएको बताएका छन्। उनले सन् २०११ को वान डे वर्ल्डकप भन्दा पनि यो माथि रहेको प्रतिक्रिया दिए।

 

कोहली अष्ट्रेलियामा टेष्ट सिरिज जित्ने पहिलो एसियन र भारतीय कप्तान समेत बनेका छन्।

यसैगरी भारतलाई सिरिज दिलाउन शानदार ब्याटिङ गरेका चेतेश्वर पुजारा प्लेअर अफ दि सिरिज घोषित भएका छन्। उनी चौथो टेष्टको पनि प्लेअफ अफ दि म्याच बने।

पुजाराले सिरिजमा ३ शतक र १ अर्धशतक मद्दतमा सर्वाधिक ५२१ रन बनाए।

 



ट्रेन्डिङ पोस्ट

Ncell