PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

एफए कप : वुल्भ्ससँग २-१ ले पराजित हुँदै लिभरपुल बाहिरियो



पहिलोपोस्ट

एफए कप : वुल्भ्ससँग २-१ ले पराजित हुँदै लिभरपुल बाहिरियो

प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ।

गएराती भएको खेलमा लिभरपुललाई प्रिमियर लिगमै अर्को क्लब वल्भरह्याम्प्टन वन्डर्र्स (वुल्भ्स) ले २-१ ले पराजित गरेको हो। जितपछि वुलभ्स चौथो चरणमा प्रवेश गरेको छ।

वुल्भ्सलाई शानदार जित दिलाउन राउल जिमिनेजले ३८औँ र रुवेन नाभासले ५५औँ मिनेटमा गोल गरे।

५१औँ मिनेटमा डिभोक ओरिगीले एक गोल गरेपनि लिभरपुलले हार टार्न सकेन।


चौथो चरणमै आर्सनल र युनाइटेड भिड्ने
प्रिमियर लिगका दुई ठूला क्लब आर्नसल र म्यानचेष्टर युनाइटेड चौथो चरणमै आमने सामने हुने भएका छन्। चौथो चरणको लागि निकालिएको ड्र अनुसार यी दुई क्बल भिड्ने भएका हुन्।


आर्सनलर युनाइटेड एफएकपका सर्वाधिक सफल दुई क्लब हुन्। पछिल्लो पटक २०१७ मा च्याम्पियन बनेको आर्सनल सर्वाधिक १३ पटकको च्याम्पियन हो। यस्तै २०१६ मा च्याम्पियन बनेको युनाइटेडले १२ पटक उपाधि जितिसकेको छ।

यस्तै पाँच पटकको विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगकै बर्नली र टोटनहमदले क्रिस्टल प्यालेससँग खेल्नेछ।

साविक विजेता चेल्सीले भने शेफिल्ड वेनस्डे र लुटनबीचको विजेतासँग खेल्नेछ। चेल्सीले ८ पटक उपाधि जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell