PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ए डिभिजन लिग : च्याम्पियन बनिसकेको मनाङ अन्तिम खेलमा फ्रेण्ड्ससँग स्तब्ध

ए डिभिजन लिग : च्याम्पियन बनिसकेको मनाङ अन्तिम खेलमा फ्रेण्ड्ससँग स्तब्ध

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर : शहिद स्मारक ए डिभिजन लिग २०७५ को अन्तिम खेलमा फ्रेण्ड्स क्लबसँग पराजित भएपछि च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले नयाँ कीर्तिमान बनाउन सकेन। यसअघि लगातार १२ खेल जितेको मनाङले अन्तिम खेल पनि जित्दै सबै खेल जितेर लिग उपाधि जित्ने नयाँ कीर्तिमान बनाउने योजना बनाएको थियो।

तर अन्तिम खेलमा फ्रेण्ड्स त्यसको बाधक बन्यो। इन्जुरी टाइममा विकास लामाले गोल गरेपछि फ्रेण्ड्सले मनाङलाई स्तब्ध बनाएको हो।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङलाई फ्रेण्ड्स १-० ले हरायो। लगातार ११ खेल जित्दै दुई खेल अगावै लिगको उपाधि पक्का गरेको मनाङको अन्त्य भने सुदख हुन सकेन।

यसअघि लगातार १२ खेल जित्ने क्रममा गोल गरेको मनाङले अन्तिम खेलमा गोल समेत गर्न सकेन।

मनाङले दोस्रो हाफमा गोल गर्ने आधा दर्जन अवसर पाएपनि सदुपयोग गर्न सकेन। पहिलो हाफको इन्जुरी टाइममा आफिज ओलावाले गरेको गोल अफसाइड भएको थियो।

मनाङले लगातार ११ खेल जित्दै दुई खेल अगावै लिगको उपाधि भने पक्का गरिसकेको थियो।

च्याम्पियन मनाङले लिगको ट्रफीसँगै नगद ५० लाख पुरस्कार समेत पक्का गरेको छ। यस्तै सबै खेल जितेको मनाङले म्याच फि को रुपमा १३ खेलबाट ६ लाख ५० हजार समेत पाएको छ। एन्फाले प्रत्येक खेलको विजेता टिमलाई नगद ५० हजार दिने घोषणा गरेको थियो।

यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै थ्री स्टार, पुलिस जस्ता क्लबलाई हराएको संकटा भने उपविजेता बनेको छ। संकटाले नगद ३५ लाख हात पार्नेछ। १३ मध्ये ८ खेल जितेको संङ्कटाले पनि म्याच फि ४ लाख पाएको छ। यस्तै उपाधि दाबेदार मानिएका थ्री स्टार र आर्मी भने क्रमश: तेस्रो र चौथो भयो।

यस्तै हलचोकमा भएको खेलमा ब्रिगेड ब्वाइज र एनआरटीले गोलरहित बराबरी खेलेका छन्। बराबरीपछि १३ खेलबाट ७ अंक जोडेको एनआरटी लिगमा अन्तिम भएको छ। मछिन्द्र समान अंक जोडेपनि एनआरटी गोलअन्तरमा १४औँ भएको हो।

अन्तिम दुई स्थानमा रहेका मछिन्द्र र एनआरटीले अर्को सिजनका लागि क्रमश: २ र १ अंक गुमाउनेछन्। यस पटक रेलिगेशनको व्यवस्था नभएकोले पुछारको दुई क्लबले अर्को सिजन अंक गुमाउने एन्फाले जनाएको छ।

यस्तै बराबरीपछि १३ खेलबाट १० अंक जोडेको ब्रिगेड १२औँ भयो।


कसले कति पाए?

मनाङ (च्याम्पियन) : ५० लाख, शहिद स्मारक ए डिभिजन लिग ट्रफी

संकटा (दोस्रो) : ३५ लाख

थ्री स्टार (तेस्रो) : २५ लाख

आर्मी (चौथो) : १५ लाख

एपीएफ (पाँचौ) : ७ लाख

पुलिस (छैटौँ) : ५ लाख
 

विधागत उत्कृष्ट पाँच जनाले एक-एक थान पल्सर मोटरबाइक हात पार्नेछन् भने फेयर प्ले अवार्ड अनुशासित टिमले १ लाख पाउनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell