काठमाडौँ : सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा लगतार दोस्रो खेल खेल्दैछन्।
बीपीएल अन्तर्गत आज सन्दीपको टिम सिलेट सिक्सर्सले चितागोङ भाइकिङ्ग्ससँग प्रतिस्पर्धा गर्दैछ।
सिक्सर्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ। मुस्फिकर रहिमको कप्तानीमा रहेको भाइकिङ्ग्समा अफगानिस्तानका मोहम्मद शेहजाद, सिकन्दर राजा, केमरुन डेलपोर्ट, लुक रोन्ची जस्ता स्टार विदेशी खेलाडी रहेका छन्।
पहिलो खेलमा सिक्सर्स कमिला भिक्टोरिएन्सँग ४ विकेटले पराजित भएको थिए। बीपीएलमा डेब्यु गरेका सन्दीपले उक्त खेलमा उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए।