PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

महिला भलिबल : क्वाटरफाइनल समिकरण पुरा, आयोजक न्यू डायमण्डले आर्मीसँग खेल्ने



पहिलोपोस्ट

महिला भलिबल : क्वाटरफाइनल समिकरण पुरा, आयोजक न्यू डायमण्डले आर्मीसँग खेल्ने

काठमाडौँ : होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ।

बुधवारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन समूह चरणको चार खेल भएपछि क्वाटरफाइनलमा भिड्ने टोलीको टुङ्गो लागेको हो।

सहभागि ८ टोलीलाई २-२ टोलीका दरले चार समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा समूहको खेल जित्ने समूह विजेता र पराजित हुने टोली समूह्य उपविजेताको रुपमा अन्तिम आठमा पुगेको हो।

समूह चरणको खेलपछि आयोजक न्यू डायमण्ड समूह ए को विजेता, एपीएफ समूह्य बी को विजेता, नेपाल पुलिस समूह सी को र टप्स समूह डी को विजेता बन्यो।

न्यू डायमण्डले अब कवाटरफाइनलमा समूह सी को उपविजेता त्रिभुवन आर्मीसँग खेल्नेछ। बुधवारको उद्घाटन खेलमा न्यू डायमण्डले चितवन टाईग्रेसलाई २५–१३,२५–१८, २५–११ को सेटमा पराजित गरेको हो। चितवन समूह ए को उपविजेता बन्यो।

यस्तै दिनको दोस्रो खेलमा पुलिसले आर्मीलाई २५–२१,२५–२१, २५–१८ को सोझो सेटमै हरायो। अब पुलिसले क्वाटरफाइनलमा चितवनसँग खेल्नेछ।

यस्तै आयोजक न्युडायमण्ड एकेडेमीको कोर्टमा भएको अन्य लिग खेलमा एपीएफ र टप्सले जित हात पारे। एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१०, २५–८ को सोझो सेटमा हरायो।

टप्सले पारामाउण्टलाई २५–१४,२५–१२, २५–१० को सोझो पराजित गर्‍यो।

अब बिहीवार हुने क्वाटरफाइनलमा न्यू डायमण्डले आर्मी, पुलिसले चितवन,एपीएफले पारामाउण्ट तथा टप्सले जावलाखेलसँग खेल्ने छ।

चार दिने प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउनेछन् भने तेस्रोले एक लाख एक हजार र चौथोले ५१ हजार हात पार्नेछन्। सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell