PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विशाल गोल्डकप : विश्वास श्रेष्ठको ह्याट्रिकमा हिमालयन शेर्पाको शानदार जित



राधेश्याम पटेल

विशाल गोल्डकप : विश्वास श्रेष्ठको ह्याट्रिकमा हिमालयन शेर्पाको शानदार जित

वीरगंज : वीरगंजमा जारी दोस्रो टुबोर्ग विशाल गोल्डकप फूटबल प्रतियोगिताअन्तर्गत आइतवार भएको खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपीएफलाई ४-१ ले पराजित गरेको छ। हारपछि एपीएफ पहिलो चरणबाटै बाहिरिएको छ।

शेर्पालाई जिताउन विश्वास श्रेष्ठले ह्याट्रिक गरे। तीन जना विदेशी खेलाडी खेलाएको शेर्पाले पहिलो हाफमा चार गोल गरेको थियो।

शेर्पाको तर्फबाट विदेशी खेलाडी प्याट्रिक गोहाले नवौँ मिनेटमा गोल गरी अग्रता दिलाएका थिए। विश्वास श्रेष्ठले ११औँ, ३६औँ र ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा शेर्पाले ४-० को अग्रता बनायो।

पहिलो हापमा पुरै दबाबमा देखिएको एपीएपले दोस्रो हापमा आक्रामक खेल खेलेको थियो। खेल सकिन पाँच मिनेट छदाँ एपीएफका मशेह लामाले सान्त्वना गोल पर्काए।

ह्याट्रिककर्ता शेर्पाका विश्वास श्रेष्ठ खेलको म्यान अफ द म्याच घोषित भए। उनले ५ हजार नगद प्राप्त गरे।

हिमालयन शेर्पाले अब सेमिफाइनलमा वीरगंज एघारसंग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताअन्तर्गत सोमवारको खेल नव जनजागृति युवा क्लब सिमरा र नेपाल आर्मीबी हुने प्रतियोगिता आयाजक मुल समितिका अध्यक्ष अनिल कलवारले जानकारी दिए।

गतवर्ष देखि विशाल मेमोरियल फाउन्डेशनले आयोजना गर्न थालेको विशाल गोल्डकपको प्रथम पुरस्कार ५ लाख ५५ हजार रहेको छ भने उपविजेताले २ लाख ७७ हजार पाउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell