PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

 मनले खेल्ने क्रिकेट... हेर्नुस् २० फोटोमा

मनले खेल्ने क्रिकेट... हेर्नुस् २० फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ :  यही जनवरी अन्तिममा पाकिस्तानमा हुने महिला नेत्रहिन क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोली तयारी गरिरहेको छ।

नेपालमा नेत्रहीन क्रिकेट क्रिकेटको इतिहास लामो छ। विश्वमै पहिलो नेत्रहीन महिला क्रिकेट बनाउने देश पनि नेपाल नै हो। नेपालले नै पहिलो पटक विदेशी टिलाई नेपालमा बोलाएर नेत्रहीन महिला क्रिकेट सिरिज खेलेको थियो। र अहिले त्यही नेपाली महिला नेत्रहीन क्रिकेट टोली पहिलो पटक सिरिज खेल्न विदेश भ्रमणमा जाँदैछन्।

यसका लागि नेत्रहीन महिला क्रिकेटरहरु उत्साहित छन्। पुष २३ गतेदेखि भक्तपुरको सैनिक आवासिय विद्यालयमा प्रशिक्षण सुरु गरेका उनीहरुले आइतवारसम्म त्यहाँ प्रशिक्षण गरे। सोमवार एक दिनको आरामपछि उनीहरु मंगलाबारदेखि माघ ९ गतेसम्म पुन: प्रशिक्षण गर्नेछन्। नेपाली टोली सिरिज खेल्न माघ १२ गते पाकिस्तान जाँदैछ।

नेपालले पहिलेदेखि नै नेत्रहीन महिला क्रिकेट खेल्न थालेकाले पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको निमन्त्रणामा नेपाली टोली पाँच खेलको सिरिज खेल्न पाकिस्तान जान लागेको हो। नेपालले पाकिस्तानको तीन शहर लाहोर, इस्लामावाद र फैसलावाद खेल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell