PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

सुन्दरीको ‘मिस टार्गेट’ : हुलाकबाट पठाउन खोजेको धूपभित्र चरेश पो भेटियो 

सुन्दरीको ‘मिस टार्गेट’ : हुलाकबाट पठाउन खोजेको धूपभित्र चरेश पो भेटियो 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः नेपाल प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै २९ वर्षीया एक सुन्दरीलाई सार्वजनिक गर्‍यो। विभिन्न दोहोरी तथा महोत्सवमा डान्स गर्ने कान्छीमाया घलेलाई प्रहरीले सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट बुधबार बिहान पक्राउ गरेको हो। 

कान्छीमाया हुलाकबाट १ सय ४८ वटा बट्टा धूप हङकङ पठाउन खोजेकी थिइन्। विशेष सुराकी पाएको  लागूऔषध नियन्त्रण ब्युरोको टोली तत्काल त्यहाँ पुग्यो। 

उनीहरुले नुवाकोट चिसाङ घर भएकी कान्छीमायाको पार्सल खोलेर हेरे। त्यसमा फल्स बटम बनाएर करिब १५ केजी बराबरको चरेस लुकाएको भेटियो। 

ब्युरोका डिआइजी दिनेश अमात्यले भने, ’यो तस्करीको नयाँ शैली हो। धूपको बट्टाभित्र आधुनिक तरिकाले प्याकिङ गरेर तस्करी गर्ने गरेको भेटियो।‘

‘हामीले युवतीको बारेमा जानकारी लिँदा उनी डान्सर भएको खुलेको छ’, डिआइजी अमात्यले भने, ‘पछिल्लो समय उनी तस्करीमा लागेकी हुन्। अहिले पनि विभिन्न महोत्सवमा डान्सरको रूपमा जाने गरेकी छिन्।

युवती घलेले विदेशमा धूप पठाउन लागेको भन्दै हुलाकका कर्मचारीलाई झुक्काएर तस्करी गर्ने योजनामा थिइन्। तस्करीमा आफू मात्र संलग्न भएको घलेले प्रहरीमा बयान दिएकी छिन्। 

‘म एक्लै छु। अरू कोही छैन,‘ युवतीलाई उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने। तर प्रहरी भने उनी मात्र संलग्न नभएको दाबी गरिरहेको छ। 
डिआइजी अमात्य भन्छन्, ‘ हामी अनुसन्धान गरिरहेका छौँ। अरु पनि संलग्न भएको हुनुपर्छ।‘

प्रहरीले बरामद गरेको एक किलो चरेसको बजार मूल्य २० हजार रुपैयाँदेखि ३० हजारसम्म पर्छ। उनीहरूले राम्रो किसिमको चरेस युरोप र कमसल भारतमा बिक्री गर्ने गरेको प्रहरीको दाबी छ।



ट्रेन्डिङ पोस्ट

Ncell