PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

म्यूजिक भिडियोमा एकसाथ देखिन्छन् इन्गेजमेन्ट जोडी प्रियंका र आयुषमान



पहिलोपोस्ट

म्यूजिक भिडियोमा एकसाथ देखिन्छन् इन्गेजमेन्ट जोडी  प्रियंका र आयुषमान

काठमाडौं : इन्गेजमेन्टपछि अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुषमान देशराज जोशी श्रेष्ठ एकसाथ अभिनयमा देखिन थालेका छन्। पछिल्लो समय फिल्म 'कथा काठमाडौं'मा एकसाथ देखिएका उनीहरु अहिले म्यूजिक भिडियोमा पनि सँगै देखिन्छन्।

प्रियंका र आयुषमान अभिनित म्यूजिक भिडियोलाई दर्शकले रुचाएका पनि छन्। हालै उनीहरु अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। 'थोरै माया म दिउँला' बोलको नयाँ गीतलाई गायक दिपक राज पाण्डे र गायिका मेलिना राईले गाएका हुन्। शक्ति क्षेत्रीको शब्द रहेको गीतमा राजनराज सिवाकोटीको संगीत छ। गीतलाई साहस शाक्यको एरेन्ज गरेका हुन्।

गीतमा नवराज उप्रेतीको छायाँकन, सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी छ। गीतलाई निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेका हुन्। गीतको भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका छन्। फिल्म क्षेत्रमा अहिले प्रियंका र आयुषमान विवाहको तयारीमा जुटेका चर्चा सुनिन्छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell