PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

युएई विरुद्धको सिरिजका लागि नयाँ खेलाडी नेपालको टिममा पर्छ : प्रशिक्षक टमाटा



पहिलोपोस्ट

युएई विरुद्धको सिरिजका लागि नयाँ खेलाडी नेपालको टिममा पर्छ : प्रशिक्षक टमाटा

काठमाडौँ : राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले युएई विरुद्ध हुने सिरिजका लागि नेपाली टोलीमा नयाँ अनुहारहरु समावेश हुने बताएका छन्।

यही जनवरी २५ देखि फेब्रुअरी ३ सम्म नेपालले युएईसँग उसैको घरेलु मैदानमा ३ खेलको ओडिआई र ३ खेलको टि २०आई सिरिज खेल्दैछ।

प्रशिक्षक टमाटाले दुई फरक फर्म्याट भएकाले यस पटक १६ खेलाडी लिएर जाने बताए। 'हामी कूल १६ खेलाडी लाँदैछौँ। सम्भवत भरै/भोली बिहानसम्म अन्तिम टोली फिक्स्ड हुन्छ। यस पटक टिममा नयाँ खेलाडीहर पनि हुनेछन्।'

सिरिजका लागि भनेर पहिलो  चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। त्यसमध्ये युवा खेलाडीहरु भिम शार्की, पवन सराफ, सन्दिप जोरा र अभिनाष बोहरा पहिलो पटक सिनियर टिमको क्याम्पमा परेका हुन्।

यही चार मध्ये बाट २/३ खेलाडीले अन्तिम टोलीमा स्थान बनाउने सम्भावना छ।

'हामीले भविष्यको लागि टिम तयार पार्नुपर्छ भनेर युवा खेलाडीहरुलाई तयार पार्नुपर्छ भनेर उनीहरुलाई राखेका हौँ। उनीहरुले अन फिल्ड र अफ फिल्ड पनि राम्रो गरिरहेका छन्।'

पवन सर्राफ

यस्तै टमाटाले युवा खेलाडी सन्दिप जोरा टी २० का लागि राम्रो खेलाडी हुन सक्ने बताए।

'सन्दीप जोरा राम्रो खेलाडी हो। उसले टी २० मा राम्रो खेल देखाएको छ। फिल्डिङ एकदमै राम्रो छ। उसले चान्स पाउन पनि सक्छ।'

सन्दिप जोरा

यस्तै अन्य युवा खेलाडीहरु पनि राम्रो रहेको टमाटाको भनाई छ। 'हामीलाई यो सिरिजको लागि भन्दा पनि टिममा लामो समयको लागि खेलाडी चाहिएको छ। पवन, भिम, सन्दिप सबै राम्रो खेलाडी हुन्। उनीहरुको आफ्नै स्टाइल छ।'

यस्तै कप्तान पारस खड्काले पनि युवा खेलाडीले राम्रो प्रदर्शन गरिरहेका कारण अन्तिम टोलीमा पर्न सक्ने बताए।

शनिवार सम्पन्न भएको एमएम कप वानडे क्रिकेटमा त्रिभुवन आर्मीबाट खेलेका भिम शार्की बेस्ट ब्याट्सम्यान घोषित भएका थिए। यस्तै कीर्तिपुरमा भएको एभरेष्ट प्रिमियर लिगमा पवन सर्राफ र सन्दिप जोराले ललितपुर प्याट्रिओट्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। जहाँ ललितपुर च्याम्पियन बनेको थियो। पवन स्पिन अलराउण्डर हुन् भने सन्दिप जोरा टी-२० मा फिनिसर र उत्कृष्ट फिल्डरको रुपमा चिनिन्छन्।

प्रशिक्षक टमाटाले कम समयमा धेरै क्रिकेट म्याच खेल्नुपर्ने भएकोले युएई टुरमा नेपालको परिक्षा हुने बताए।

 भिम शार्की दायाँ र सन्दिप जोरा कालो ज्याकेटमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell