PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाइलट बढुवा विवादले निगमको विमानको उडान नै प्रभावित



वसन्तराज उप्रेती

पाइलट बढुवा विवादले निगमको विमानको उडान नै प्रभावित

काठमाडौं : पाइलट पदोन्नती विवादले नेपाल वायुसेवा निगमको स्टोल 'विकट' रुटको उडान प्रभावित भएको छ।

विकट गन्तब्यतर्फ चिनियाँ जहाज वाइ-१२ उडान गर्दै आएका दुई जना वरिष्ठ क्याप्टेनले विरामी विदा र एक जना वरिष्ठ क्याप्टेनले राजीनामा दिएका छन्। स्टोलमै उडान भर्ने क्याप्टेन आङनुरी शेर्पाले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। उनले उडान सुरु गरिसकेका छन्।

क्याप्टेन नृपेन्द्र भट्टराई र सञ्जय बादेले आफ्नो पदोन्नती नभएको भन्दै विदामा बसेका छन्। त्यसबाहेक न्यारोबडी जहाजको तालिममा नपठाएकोमा पनि उनीहरुको असन्तुष्टी छ। 'विकट क्षेत्रमा उडान भर्ने पाइलटले विरामी बिदा लिएका कारण नियमित उडान प्रभावित भएको छ,' स्रोतले भन्यो। 

यसैगरी ट्रंक रुटतर्फ वरिष्ठ क्याप्टेनमा गोपालसिंह विष्ट, प्रशन्नशम्शेर जबरा कार्यरत छन्। निगमसँग भएको चिनियाँ जहाजले हाल काठमाडौंबाट भोजपुर, रुकुम, लुक्ला, फाप्लु, ताप्लेजुङ, बाग्लुङ लगायत विभिन्न विकट गन्तब्यमा उडान गर्दै आएको थियो भने नेपालगञ्जबाट साँफेबगर, जुम्ला, सिमीकोट, डोल्पा, ताल्चा लगायत विकट गन्तब्यमा उडान भर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell