PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

युएई विरुद्ध मैले पनि ओपनिङ गर्ने सम्भावना छ : पारस खड्का



पहिलोपोस्ट

युएई विरुद्ध मैले पनि ओपनिङ गर्ने सम्भावना छ : पारस खड्का

  • पारस खड्का-

युएईविरुद्धको सिरिजको लागि तयारी राम्रो भएको छ। खेलाडीहरुले रेगुलर क्रिकेट खलिरहेका छन्। त्यो एउटा एडभान्टेज छ।

यो हाम्रो दोस्रो ओडिआई सिरिज हो र हामी पहिलो सिरिज जित्न चाहन्छौँ।

अरु ५० ओभरको खेलहरु नभइरहेको अवस्थामा हामी यो अवसरलाई सदुपयोग गर्न चाहन्छौँ।

१६ खेलाडीको स्क्वाएड लिएर युएई जाँदैछौँ। हामी आगामी टी-२० वर्ल्डकप क्वालिफायरको लागि तयारी हुन र युवा खेलाडीहरुलाई ग्रुम गर्न पनि चाहन्छौँ। अबको तीन/चार वर्षमा धेरै क्रिकेट हुँदैछ।

हामीले एक वर्षअघि देखि नै नेपाली क्रिकेटमा युवा खेलाडीहरुलाई अवसर दिइरहेका छौँ। युवा खेलाडीहरुले पनि राम्रो गरिरहेका छन्।

इन्टरनेसनल क्रिकेट खेल्दा जहिल्यै फरक हुन्छ। जसमा रेस्पोन्सबिलिटी, प्रेसर, प्रेस्टिज सबै जोडिएको हुन्छ। त्यसैले अहिले देखि नै खेलाडीहरुलाई तयार पार्नुपर्छ। अहिले टिममा ब्याटर, बलर सबैमा कम्पिटिसन बढिराछ।

कहिलेकाँही खेलाडीको रन र विकेट भन्दा पनि टिमलाई कस्तो क्यारेक्टरको खेलाडी आवश्कय छ त्यो लिनुपर्छ।

हामी युवा खेलाडीलाई अवसर दिन चाहन्छौँ। हामी जित्न चाहन्छौँ। राष्ट्रिय टिममा परेपछि नखेलेपनि अन्तर्राष्ट्रिय क्रिकेट कस्तो हुन्छ कसरी खेल्छ बुझन पाउँछन्।

यदि यसले काम गर्छ भने टिमको आवश्यकता हेरे ओपनिङ ब्याटिङ गर्ने तयारीमा छु। मिडल अर्डरमा मैले मेरो करियरमा अहिलेसम्म खेलिरहेको छ। मलाई लाग्छ कि अहिले मिडिल अर्डरमा धेरै खेलाडीहरु छन् र जसले राम्रो खेल्न सक्छन्।

त्यसैले किन नयाँ जिम्मेवारी नलिने भन्ने हो। यो स्टेप बाई स्टेप प्रोसेस हो। अहिलेको अहिल्यै हुन्छ भन्ने कुरा पनि होइन। टिमको लागि म बेस्ट दिने प्रयास गर्छु। कोसिस गर्ने हो राम्रो गर्नको लागि।

मुख्य फोकस भनेको ओपनरले के गर्‍यो भन्ने भन्दा पनि रेस्पोन्सबिलिटि लिने र च्यालेन्ज पेस गर्ने हो।

१,२,३, ४ जुन पोजिसनमा ब्याटिङ गरेपनि आगामी दिनमा मैले कसरी टिमलाई कन्ट्रिबुट गर्न सक्छु भन्ने हो।

दुवै फर्म्याटको लागि तयारी गरिरहेको र दुवैमा पनि हुन सक्छ र एउटामा मात्र पनि। लेस्ट सि के हुन्छ। युवा खेलाडीहरु आइरहेका छन्।

मिडल अर्डरमा ४,५ र ६ मा खेल्ने हामीसँग धेरै खेलाडीहरु छन् र स्टेबिलिटि पनि छ। त्यसैले टिम म्यानेजमेन्ट ज्ञानु (ज्ञानेन्द्र मल्ल) सँग सल्लाह गरेरै अगाडि आउने भन्ने हो।

नामिबिया देखि नै यो म ४ बाट ३ मा आएँ। अब ३ बाट किन १ मा आउँदा पकै च्यालेन्ज हुन्छ। हेरौँ के हुन्छ। अन्तिममा म्याटर गर्ने भनेको रिजल्ट ले नै हो। ओपनरले धेरै रन हानेर पनि म्याच जितेन भने वा जित्यो भने। हामी चाँही बलियो टिम कसरि बनाउने भनेर तयारी गरिरहेका छौँ जसले सबै क्षेत्रमा कभर गर्न सकोस्।

हामी फरक तरिकाले खेल्ने प्रयास गरिरहेका छौँ।

युएईको कप्तानसहित ३ खेलाडी नभएपनि उनीहरु होम ग्राउण्डमा खेल्दैछन्। युएईका लागि खेल्ने खेलाडीहरु सबै अनुधवी हुन्छन्। नयाँ प्लेअर आएपनि उनीहरु खेलिरहेका हुन्छन्। केही खेलाडी पाकिस्तानबाट आएका छन्। क्रिकेट सिस्टममै छन् सबै। क्रिकेट खेल्ने हिसावमा मलाई लाग्दैन उनीहरु नयाँ छन्।

राष्ट्रिय टिममा परेपछि नयाँ खेलाडी पनि आफूलाई प्रभ गर्न चाहन्छन्। कहिलेकाँही एकै पटक युवा खेलाडीहरूलाई राख्दा टिम राम्रो हुने सम्भावना पनि हुन्छ। किनकी सबैजना राम्रो खेल्दै आफूलाई प्रुभ गर्न चाहन्छन्। उनीहरू पनि राम्रो क्रिकेट खेलेर टिममा परेका हुन्। नयाँ टिम भन्दैमा सजिलो पनि हुँदैन।

 

ब्याटिङले मात्र पनि जितिदैँन

अब हामीले ब्याटिङ कमजोर भन्ने यो डिवेटलाई सँधैका लागि बन्द गर्नुपर्छ। यो लेभलमा हामी ओडिआई नेश भएपछि हामीले राम्रो प्रदर्शन गर्नुपर्छ त्यो नै सिम्पल कुरा हो। मेरो विचारमा ब्याटिङ राम्रो गरेर मात्र पनि खेल जितिँदैन।

१०० ओभर खेलमा ब्याट, बल र फिल्ड सबैमा राम्रो गर्नुपर्छ। निश्चय नै ब्याटिङ कन्सर्नको रुपमा छ। तर योङ ओडिआई नेशन भए पनि यहाँ धेरै ट्यालेन्ट हरु छन्। धेरै ट्यालेन्टहरु देखेका छौँ। उनीहरुको प्रदर्शन नदेखिएको मात्र हो। हामी लिमिटेस सोर्सबाट पनि यहाँसम्म आएका छौँ। हामीले भनिरहेको ब्याटिङ कमजोर भाको भन्दा पनि एक्सपोजर पाउदै जाने हो भने खेलाडीहरुले राम्रो गर्न सक्छन्। हामीले धैर्य राख्नुपर्छ। एकदिनमै ब्याटिङमा सबै परिवर्तन हुँदैन।

ब्याट्सम्मयान भनेको एक बल हो। फिल्डर वा बलरले धेरै बल अवसर पाउछन्। ब्याट्सम्यनको एक बलले नै निर्धारण गर्छ।

हाम्रो सेटअप नै यस्तो छ कि रेगुलर क्रिकेट भइरहेको छैन। लिमिटेड क्रिकेटबाटै सबै गर्नुपर्छ। हामी राम्रो ब्याटिङ गरेर आउनेछौँ

वि वान्ट टु बेटर, कन्सिसटेन्ट एण्ड रन मेकिङ टिम।

-खड्का नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell