PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

क्षयरोगीको 'पवित्रस्थल डाभोस' कसरी बन्यो विश्व आर्थिक मञ्चको केन्द्र?



विधुर ढकाल

क्षयरोगीको 'पवित्रस्थल डाभोस' कसरी बन्यो विश्व आर्थिक मञ्चको केन्द्र?

काठमाडौं: हरेक वर्ष स्वीट्जरल्याण्डको एउटा सानो हिमाली शहर डाभोस विश्वका नेताहरुको भेला गराउन तयार देखिन्छ। विश्वका राजनीतिक आर्थिक तथा सामाजिक नेतृत्वहरु हिउँमा खेल्दै गरेको भेटिन्छन्। समाचारका आँखाहरु विश्वका प्रधानमन्त्री र राष्ट्रपतिका पछि दौडिन्छन्।

सम्मेलनमा पहिलो पटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदै छन्। सम्मेलनमा नेपाललाई पहिलो पटक उच्च स्तरमा निम्तो दिइएपछि डाभोस सम्मेलन प्रति नेपालीको चासो पनि बढिरहेको छ।

हरेक वर्ष विश्व आर्थिक मञ्चमा विश्वका नेताहरुलाई उभ्याउने डाभोसको आफ्नै छुट्टै इतिहास छ। आफ्नो संस्कृति र साझेदारीको सुशुप्त इतिहास बोकेको डाभोसका बारेमा कमैले जानेका केही तथ्यहरु पनि छन्।

यसको इतिहास क्षयरोगीहरुको उपचारका लागि पवित्र स्थलको रुपमा जोडिएको छ।

डाभोस समुन्द्री सतहबाट १ हजार ५ सय ६० मिटरको उचाईमा अवस्थित छ। यो युरोपको अग्लो स्थानमा अवस्थित शहर पनि हो। यसको अवस्थित यसको इतिहास, संस्कृति र विशेषताबाट अलग हुन सक्दैन्। सल्लाको शुख्खा हावाले १९ औँ शताब्दीमा डाभोसलाई क्षयरोगीहरुका लागि उपचारस्थल (सान्टेरियम) को रुपमा स्थापित गरिदियो।

नोबल पुरस्कार विजेता लेखक थोमस मानले आफ्नो उपन्यास ‘डर जाउवरवर्ग’ (दी म्याजिक माउन्टेन इन डाभोस) आफ्नी श्रीमतीको उपचारका लागि पुग्दा तयार पारेका हुन्।

यी लेखकले भनेका छन्, ‘यदि मसँग मेरो कामका लागि मृत्यु पछिको सम्मान प्राप्त गर्ने इच्छा छ भने यो जीवनको लागि एउटा उत्तेजना भइरहेको छ भलै यो मृत्युको उत्पादन थियो।

डाभोसका छानाहरु भिराला छैनन्। यहाँ परम्परागत काठेघरहरु छन् जुन सान्टेरिमको जमानादेखि डिजाइन गरिएका हुन्। प्रकाशले भरिएका कोठाहरु जहाँ रोगीहरुको उपचार हुन्थ्यो। हिउँ पग्लिओस भनेर छानाहरु बीच ती केही ढल्किएका छन्। जसले पानी संकलन गर्न सकिने छ।

बेलायती प्रख्यात लेखक कोनान डोयलले पनि यहाँ आफ्नी क्षयरोगी श्रीमतीका साथ विताएका थिए। उनी युरोपको ‘स्कीइन’का सिद्धान्तकर्तासमेत हुन्। हाल यो स्थानीय आर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको छ। सन् १८९४ मा उनले डावोस देखि अरोसा सम्म उच्च हिमालहरु पार गदै स्कीमार्फत यात्रा गरेका थिए।

क्षयरोगीहरुका लागि बनाइएका सानाटोरियम लामो समयदेखि बन्द भए वा होटलहरुमा परिणत भए अहिले यो स्थान स्वस्थ पर्यटकहरुको अकर्षणको केन्द्र बनेको छ। तर, पनि डाभोस र संस्कृति अहिले पनि एकापसमा जोडिएका छन्।

हरेक वर्ष विश्व आर्थिक मञ्चले कलाकारहरुलाई सम्मान गर्दै आएको छ जसले विश्वमा सकरात्मक प्रभाव छाडिरहेको छ। यस वर्ष यो सम्मानबाट संगीतज्ञ  मरिन अल्सोप, सांस्कृतिकर्मी हाइफा अल मन्सुर जो पहिलो मुस्लिम महिला फिल्म निर्देशक पनि हुन र वातावरणको क्षेत्रमा काम गरेका सञ्चारकर्मी सर डेभिड एटनव्रो सम्मानित हुँदै छन्।

१९७१ देखिको यात्रा

हाल विश्व आर्थिक मञ्च वर्ल्ड इकोनोमिक फोरमको रुपमा चिनिँदै आएको यो संस्था सुरुमा इरोप म्यानेजमेन्ट सिम्पोसियमको रुपमा स्थापना भएको हो। पहिलो पटक यसको बैठक दुई साता सम्म चल्यो जसलाई विश्वले फरक रुपमा हेर्‍यो।

यसका संस्थापक तथा कार्यकारी अध्यक्ष प्रा. क्लाउस स्वावले त्यतिवेला ‘मल्टिस्टेक होल्डर थ्योरी’को प्रतिपादन गरे। जुन सिद्धान्तले व्यवसायले उत्पदन गर्ने हानी र नोक्सानी प्रति स्वंम व्यवसाय नै उत्तरदायी हुनुपर्ने बताउँछ। यो सिद्धान्तलाई डाभोसले अहिले पनि अंगिकार गरेको छ। यसले वृहत रुप लिँदै अहिले समाजका हरेक तह र तप्कामा पुगेको छ।

सुरुमा हिउँले भरिएको विकट गाउँ सम्मेलनका लागि छनोट हुनुको कारण एउटै थियो वक्ता, सहभागीहरु रमाइलो महसुस गरुन र आपसी सम्मान र साझेदारी पूर्ण वातावरणमा खुलेर बोल्न सकुन्। यो नै ‘डाभोसको स्पृट’ बन्न पुग्यो। र अहिले पनि यो सबै भेलाहरुको हलमार्कको रुपमा रहँदै आएको छ।

यो सम्मेलनमा तेल संकट देखि कम्यूनिजमको अवासन, चीनको उदय देखि मी टुको गुञ्जन सम्मलाई यसले सम्बोधन गरेको छ।

सम्मेलनमा अभूतपूर्व दृश्यहरु देख्न पाउने गरिन्छ। सन् १९९२ मा दक्षिण अप्रिकाका राष्ट्रपति फेडरिक डी क्लर्कले नेल्सन मण्डेलासँग एउटै मञ्चमा उभिएका थिए।

सन् १९७१ देखि सुरु सम्मेलनमा सन् १९७९ बाट चीनको सहभागिता भएको हो। सन् १९९२ मा चिनियाँ प्रधानमन्त्री ली फेङले सम्मेलनमा ऐतिहासिक सम्बोधन दिएका थिए।

सम्मेलनमा १९७४ पछि मात्र राजनीतिक नेतृत्वलाई निमन्त्रणा दिन थालिएको हो। सन् १९८७ मा यसको नाम परिवर्तन गरी वर्ल्ड इकोनोमिक फोरम राखियो। सन् १९८८मा ग्रिस र टर्कीले डावोस घोषणापत्रमा हस्ताक्षर गरी युद्ध अन्त्यमा सहभागी भए। सन् १९८९ मा उत्तर र दक्षिण कोरियाको मन्त्रीस्तरको सहभागिता भयो। यही सम्मेलनमा जर्मन चान्सलर सहभागी भए। जहाँ जर्मनको पुन: मिलन तथा वर्लिन पर्खालको ढाल्ने विषयमा चर्चा भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell