PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डीपीएल : धनगढी स्टार्सलाई ग्लोबल कलेजको साथ, नगद २० लाखको प्रायोजन



पहिलोपोस्ट

डीपीएल : धनगढी स्टार्सलाई ग्लोबल कलेजको साथ, नगद २० लाखको प्रायोजन

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल)को फ्रेन्चाइज टिम धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले प्रायोजन गरेको छ।

यसअघि दुई संस्करणको च्याम्पियन रहेको टिम चौराह धनगढीको नाम र मालिक परिवर्तन गरेर यस सिजनका लागि धनगढीकै कै नाम राखेर धनगढी स्टार्सको नाम दिइएको हो।

त्यही फ्रेन्चाइजले सोमवार काठमाडौँको ग्लोबल कलेज अफ म्यानेजमेन्टसंग एक वर्षको लागि प्रायोजन सम्झौता गरेको हो।

कलेजका सिइओ खगेन्द्र ओझा र धनगढी स्टार्सका नयाँ मालिक कृष्ण बोहोराले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार कलेजले स्टार्सलाई नगद २० लाख नगद उपलब्ध गराउँनेछ भने अन्य विविध सहयोग समेत गर्नेछ।

‘ग्लोबल कलेज अब धनगढी स्टार्सको टाइटल स्पोनसर बनेको छ। एक वर्षका लागि उहाँहरुले सहयोग गर्ने भन्नभाछ र क्रिकेटप्रति सकरात्मक हुनुहुन्छ।‘ स्टार्सका मालिक कृष्ण बोहराले भने। ‘सम्झौतामा २० लाद नगद र अन्य सहयोग रहनेछ।‘ कलेजले ४० प्रतिशत खर्च बेहोर्ने बोहराले बताए।

यस्तै कलेजका सिइओ खगेन्द्र ओझाले नेपालमा पछिल्लो पटक क्रिकेटले राम्रो गरिरहेको र कर्पोरेट सोसिएल रेस्पोन्सिबिलटीको रुपमा सहयोग गरेको बताए।

‘यसमा कुनै व्यापारिक प्रायोजन भन्दा पनि क्रिकेटमा राम्रो सम्भावना देखिएकोले हो। हामी आफैँ डीपीएलका लागि कुनै टिमलाई सहयोग गरौँ भनेर सोचिरहेका बेला आयोजक सुवास शाहीसँग कुरा गरेर आफै प्रायोजन गर्न अगाडि सरेका हौँ। म आफैँ पनि धनगढीमा पढेर पढाएर आएको हुनाले अलीकट्टी भावानात्मक रुपमा पनि धनगढीको टिम रोजेका हौँ।‘

‘युवा खेलाडीहरुलाई प्रेरणा मिलोस्, प्रोत्साहन होस् भनेर सहयोग गरेका हौँ। यसबाहेक पनि हन्य सहयोगका लागि हामी सँधै तयार छौँ।‘ ओझाले भने।

यस्तै कप्तान सोमपाल कामीले कलेजले विश्वास गरेर सहयोग गरेकोमा आभार व्यक्त गर्दै अब मैदानमा टिमले शतप्रतिशत मेहनत गरेर क्रिकेट खेल्ने बताए। ‘हामी राम्रो खेलेर दर्शकलाई मनोरञ्जन दिन्छौँ र ट्रफी जित्ने प्रयास गर्नेछौँ। गत वर्ष पनि क्रिकेट मनहोल राम्रो थियो र यस पटक पनि त्यही हुन्छ भन्ने विश्वास छ।‘

उनले प्रतियवगिता हुनु १० दिनअघि क्याम्प राखेर तयारी सुरु गर्ने जानकारी दिए। अहिले नेपाली टोली युएई सिरिजको तयारीमा रहेकाले आगामी दुई साता राष्ट्रिय टिमका खेलाडी त्यतै व्यस्त हुनेछन्।

यस्तै विदेशी खेलाडीहरुसँग कुरा भइरहेको तर कनफर्म हुन बाँकी रहेको सोमपालले जानकारी दिए। ‘समय अझै बाँकी छ। हामी कुरा गरिरहेका छौँ। अब उनीहरुको बोर्डसँग पनि कुरा गर्नुपर्छ। यसबारे चाँडै निर्णय हुनेछ।‘

धनगढी टिममा सोमपाल बाहेक राष्ट्रिय टिममा परिसकेका विकेटकिपर राजु रिजाल, सुनिल धमला र फास्ट बलर दिपेश श्रेष्ट छन्। यस्तै युएई विरुद्ध हुने सिरिजका लागि राष्ट्रिय टिममा परेका पवन सर्राफ पनि स्टार्समा छन्। उनी सबैभन्दा महँगा खेलाडीमध्ये एक हुन्। यस्तै सौरभ खनाल, अमित श्रेष्ठ, हरी चौहान, विपिन खत्री जस्ता खेलाडी पनि स्टार्समा अनुबन्ध भएका छन्।

सोमबारै धनगढी स्टार्सले डीपीएल ३ का लागि नयाँ जर्सी समेत सार्वजनिक गरेको छ।

यसअघिको दुई संस्करणमा देशकै सर्वाधिक नगद पुरस्कार राशी रहेको डीपीएलको तेस्रो संस्करण माघ २६ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ।

डीपीएलमा धनगढी स्टार्सका साथै गत वर्षको उपविजेता काठमाडौँ गोल्डेन्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।

 

धनगढी स्टार्सका खेलाडीहरु :

सोमपाल कामी (कप्तान/ रणनीतिक खेलाडी)

सौरभ खनाल

अमित श्रेष्ठ

हरी चौहान

विपिन खत्री

दिपेश श्रेष्ठ

राजु रिजाल

रोबिन क्षेत्री

पवन सर्राफ

सुनिल धमला

सन्दिप रजाली

धिरज शाही

कृष्ण अयर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell