PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

आशिरमान र शिल्पाको ब्रेकअप



पहिलोपोस्ट

आशिरमान र शिल्पाको ब्रेकअप

काठमाडौं: फिल्म 'द ब्रेकअप'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी श्रेष्ठ र शिल्पा मास्केको प्रेम, द्वन्द्व र विछोडलाई देखाउन खोजिएको छ।

प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। निर्माण टिमले यसअघि फिल्मको गीत सार्वजनिक गरेको थियो। फिल्मको रिमेक गीत 'आज हाम्रो भेट भाको दिन'लाई दर्शकले रुचाएका छन्।

'ग्याङस्टार ब्लुज'बाट नेपाली फिल्ममा डेब्यू गरेका कलकार हुन् आशिरमान। पछिल्लो समय उनको अभिनयलाई दर्शकले रुचाएका थिए। 

हेमराज बिसीको निर्देशनमा बनेको फिल्ममा आशिरमान र शिल्पासँगै रेमनदास श्रेष्ठ, इच्छा कार्कीको अभिनय छ। फिल्ममा नरेन्द्र मैनालीको छायाँकन छ। फिल्म फागनु १७ गतेदेखि प्रदर्शनमा आउँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell