PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बी डिभिजन लिगको खेलतालिका सार्वजनिक : उद्घाटन खेलमा झम्सिखेल र ब्वाइज युनियन भिड्ने



पहिलोपोस्ट

बी डिभिजन लिगको खेलतालिका सार्वजनिक : उद्घाटन खेलमा झम्सिखेल र ब्वाइज युनियन भिड्ने

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले शहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक गरेको छ।

यसअघि नै बी डिभिजन लिग माघ २५ गतेबाट सुरु गर्ने भने पनि खेल तालिका सार्वजनिक भएको थिएन।

सोमवार एन्फाले दुई चरणमा लिग गर्नेगरी खेलतालिका सार्वजिक गरेको हो। लिग खेल्ने १२ क्लबलाई एन्फाले यसअघि नै ६-६ टिम रहने गरि ए र बी गरी दुई समूहमा विभाजन गरिसकेको छ।

सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा समूह ए मा रहेका झम्सिखेल युवा क्लब र ब्वाइज युनियन क्लबले प्रतिस्पर्धा गर्ने छन्। खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।

यस्तै माघ २५ गते नै समूह बी मा रहेका रहेका टुसाल क्लब र श्री भगवती क्लबबीच पनि प्रतस्पर्धा हुनेछ।

समूह 'ए' मा झम्सिखेल र ब्वाइज युनियनसँगै, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब र नयाँबस्ती युवा क्लब छन्।

यस्तै समूह 'बी' टुसाल र श्री भगवतीसँगै, पुल्चोक, मध्यपुर युथ एसोसिएसन र खुमलटार युवा क्लब छन्।

लिग चरणमा दुई समूहको गरी कूल ३० खेल हुनेछ। यसपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहने २-२ गरी चार क्लब दोस्रो चरणमा प्रवेश गर्नेछन्।

दोस्रो चरण पुग्ने चार क्लबीच लिग खेल हुनेछ। जहाँ समूह 'ए' को विजेताले समूह 'बी' को उपविजेतासंग तथा समूह 'बी' को विजेताले समूह 'ए' को उपविजेतासंग खेल्नेछ। यस्तै समूह ए को विजेताले समूह बी को विजेता र समूह ए कै उपविजेतासँग पनि खेल्नेछ। अनी समूह बी को विजेताले समूह बी को उपविजेतासँग पनि खेल्नेछ।

 

यस्तो छ खेल तालिका:




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell