PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सांसदहरु कुटाकुट गर्न थाले भने के हुन्छ? संसदभित्र सुरक्षाको यस्तो छ तयारी



बीपी साह

सांसदहरु कुटाकुट गर्न थाले भने के हुन्छ? संसदभित्र सुरक्षाको यस्तो छ तयारी
फाइल फोटो

काठमाडौं : सत्तारुढ दल र प्रतिपक्षी दलबीचको खिचातानीका कारण केही दिनदेखि संसद विवादमा छ। दुवै पक्षका सांसदहरुबीच ठेलमठेल भइसकेको छ। 

आज फेरि प्रतिनिधिसभाको बैठकमा मुठभेडको सम्भावना उत्तिकै छ। सत्तापक्ष कुनै पनि हालतमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने पक्षमा छ, जसलाई सभामुख कृष्णबहादुर महराको पनि साथ छ।


अर्कोतर्फ माग सम्बोधन नभए संसद चल्न नदिने अडानमा नेपाली कांग्रेस बसेको छ। उसले कुनै पनि हालतमा विधेयक रोक्ने तयारी गरेको छ।
दुई पक्षबीच विवाद भइरहँदा संसदको सुरक्षा व्यवस्था कस्तो छ त?


संसदका प्रमुख मर्यादा पालक सानुभाइ खड्काले पहिलोपोस्टलाई भने, ‘सुरक्षाको उचित व्यस्था गरेका छौं। मर्यादा पालकको संख्या पनि बढाइएको छ।’

सांसदहरुले कुटाकुट गरे के होला त? भन्ने प्रश्नमा खड्काले भने, ‘त्यस विषयमा मर्यादापालकहरुलाई ब्रिफ गरेको छु।’

स्रोतका अनुसार केहीबेर अघि संसद भवन नयाँ बानेश्वरमा मर्यादापालकहरुलाई गरिएको ब्रिफिङ्ग आजको संसद बैठकको अवस्था बिग्रिएको खण्डमा आक्रमक सांसदहरुलाई बाहिर पठाइनेछ। मर्यादापालकहरुले उनीहरुलाई उचालेर बाहिर लग्नेछन्। यस विषयमा सभामुख कृष्णबहादुर महरासँग पनि परामर्श गरिएको छ।


सांसदहरुलाई कुनै पनि हालतमा रोष्टममाथि चढ्न नदिनेप्रति मर्यादा पालकहरुलाई सचेत गराइएको छ भने सुरक्षाकर्मीको संख्या पनि थप गरिएको छ। करिब १ सय ५० जनाभन्दा बढी मर्यादापालकलाई आज खटाइएको छ।

 
त्यसैगरी संसद कक्ष बाहिर पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। कुनै घटना घटेको खण्डमा एम्बुलेन्सको पनि व्यवस्था हुँदै आएको छ।

‘संसदभित्र मर्यादापालकले सांसदहरुलाई रोक्न–छेक्ने काम मात्र गर्नेछन्। उनीहरुले राम्रो व्यवस्था गरेको छ,’ संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले भने, ‘मर्यादापालकहरुले कुनै धक्कामुक्की गर्न पाउने छैन। कसैलाई बाहिर गर्नु परे सभामुखको आदेशमा बाहिर गर्नेछ। मर्यादापालक सभामुखको आदेशविना कुनै प्रकारको कारवाही गर्न पाउने छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell