PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सन्दीपको मेडनसहित ३ र सोमपालको खातामा ४ विकेटले नेपालको सम्भावना बलियो



पहिलोपोस्ट

सन्दीपको मेडनसहित ३ र सोमपालको खातामा ४ विकेटले नेपालको सम्भावना बलियो

काठमाडौं : नेपाली बलर सन्दीप लामिछानेले १५ औं ओभरमा मेडन सहित ३ विकेट लिएपछि दुवईमा जारी तीन एक दिवसीय खेलमा नेपालको पहिलो जितको सम्भावना बढेको छ। व्यक्तिगत दोस्रो ओभरमा लामिछानेले लगातार तीन विकेट लिएपछि युइईले ७ विकेट गुमाउँदै ५७ रन बनाएको छ।


त्यस अघिका ४ विकेट सोमपाल कामीले आफ्नो खातामा पारिसकेका छन्। 


टस जित्दै ब्याटिङ रोजेको नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ४२ रन जोडेको छ।


प्रतियोगिताको पहिलो खेल युएईले जितिसकेको छ। आज नेपालले खेल जितेमा सिरिज १-१ हुनेछ।

बलिङमा सुधार देखिएको नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ५५ रनको योगदान दिए। ५८ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए।


ज्ञानेन्द्र मल्लले ४ चौकासहित ४४ रन जोड्न सफल रहे। त्यस्तै आरिफ शेखले २९ रन बनाए। विनोद भण्डारी र कप्तान पारस खड्काले २१/२१ रन बनाए। करन केसीले १८ रन बनाउँदा सन्दीप लामिछानेले २ चौका सहित १४ रन बटुले।

ब्याटिङमा सुधारिएको नेपालले बलिङमा पनि आफ्नो लय लिन सके आजको खेल जित्ने सम्भावना धेरै छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell