PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपाल र युएईबीचको 'ओडिआई सिरिज'मा आज निर्णायक खेल, कसले जित्ला उपाधि?



पहिलोपोस्ट

नेपाल र युएईबीचको 'ओडिआई सिरिज'मा आज निर्णायक खेल, कसले जित्ला उपाधि?

काठमाडौँः दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलिरहेको नेपालले आज युएईविरुद्धको सिरिजको अन्तिम खेल खल्दैछ। तीन खेलको श्रृखला १–१ को अवस्थामा छ। आजको खेल निर्णायक हुनेछ। आजको खेलको विजेताले एक दिवसीय सिरिजको उपाधि जित्नेछ। 

पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो। दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालले युएईलाई १४५ रनको फराकिलो अन्तरले हराएको थियो।

जसमा सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिएका थिए। सोमपाल नेपालको लागि ओडिआईमा एकै खेलमा ५ विकेट लिने पहिलो  खेलाडी समेत बने। नेपालले अहिलेसम्म ५ ओडिआई खेल खेल्दा सन्दीपको नाममा सर्वाधिक १६ र सोमपालको नाममा १४ विकेट छ।

युवा खेलाडी रोहित कुमार पौडेलले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले सम्मानजनक स्कोर बनाएको थियो। युएई विरुद्ध ५८ बलमा ५५ रन बनाएका रोहित सबैभन्दा कम उमेरमा ओडिआईमा अर्धशतक प्रहार गर्ने खेलाडी बने।

गत मार्चमा जिम्बावेमा भएको वर्ल्डकप क्वालिफायरपछि चार वर्षको लागि अस्थायी ओडिआई मान्यता पाएको नेपालले यसअघि एक मात्र ओडिआई सिरिज नेदरल्याण्ड्ससँग खेलेको थियो। दुई खेलको उक्त सिरिज १–१ को बराबरीमा सकिएको थियो। पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्समाथि १ रनको रोमात्र्चक जित हात पार्दै ओडिआईमा पहिलो जित दर्ता गरेको थियो।

नेपाल र युएईबीच ३ ओडिआई भइसक्दा नेपाललर् एक मात्र जितेको छ। अब अन्तिम ओडिआई जितेमा नेपालले ओडिआईमा युएईसँग २ खेल जित्नेछ। एसिया कप छनोटमा भएको खेलमा नेपाल युएईसँग पराजित भएको थियो।

ओडिआईपछि नेपाल र युएईबीच ३ खेलकै ट्वान्टी २० सिरिज पनि हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell