PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

प्रधानमन्त्रीले दिए एक दिवसीय सिरिज जित्ने क्रिकेट टिमलाई बधाई



पहिलोपोस्ट

प्रधानमन्त्रीले दिए एक दिवसीय सिरिज जित्ने क्रिकेट टिमलाई बधाई

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज जितेकोमा राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन्। ट्वीटरमा बधाई दिँदै प्रधानमन्त्रीले टिमले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रुपमा देखिएको बताएका छन्। खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन्। 

बधाई सन्देशमा प्रधानमन्त्रीले भनेका छन् 'एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वधाई१ अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ। खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु।'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell