PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

३३ किलो सुन प्रकरणबाट निलम्बित एयरपोर्ट भन्सारका कर्मचारी श्रेष्ठसँग १४ करोड अवैध रुपैयाँ! 



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणबाट निलम्बित एयरपोर्ट भन्सारका कर्मचारी श्रेष्ठसँग १४ करोड अवैध रुपैयाँ! 

काठमाडौँ : श्यामकृष्ण च्वामु श्रेष्ठ बिरुद्ध १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। आयोगले मंगलवार १४ करोड ६१ लाख २४ हजार विगो दावी सहित मुद्धा दर्ता भएको हो।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत उनीविरुद्ध अवैध रुपमा ३३ किलो सुन तस्करीको अभियोग लागेको थियो। २०७३ पुस २७ गते निलम्वित श्रेष्ठ रेडियो अपरेटर थिए। 


श्रेष्ठले जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा आफूले गैर कानूनी रुपमा आर्जन गरेका सम्पत्तिहरू बदनियत साथ राखेको तथा लुकाए-छिपाइ राखेको समेत देखिएको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell