PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विरोधकाबिच राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित, कांग्रेसको संशोधन प्रस्ताव फेल



विरोधकाबिच राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित, कांग्रेसको संशोधन प्रस्ताव फेल

काठमाडौं: राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पारित भएको छ। कांग्रेसका सांसदहरुको विरोधकाबीच राष्ट्रिय सभाबाट पारित भएको हो।  

प्रतिनिधिसभाबाट पारित भइ सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा राष्ट्रियसभामा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका थिए।

सो प्रस्तावहरु बहुमतले अस्वीकृत भए। संशोधन प्रस्ताव राजपाका सांसद वृजेश चन्द्र लाल, कांग्रेसका सांसद राधेश्याम अधिकारी र कांग्रेसका सांसदहरु सरिता प्रसाइ, प्रकाश पन्थ र बद्री पाण्डेको दर्ता भएका छन्।

राष्ट्रियसभाको बैठक चलिरहँदा कांग्रेसका सदस्यहरु उठेर विरोध जनाएका थिए भने राजपाका लालले असहमति जनाए।

यसैबीच डाक्टर गोविन्द केसीसँगको सहमतिमा भए अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा आएको शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले बताएका छन्।

उनले केसीसँगको सहमतिमा विधेयक संसदीय प्रकृयाबाट अगाडि बढाउने उल्लेख भएको भन्दै उनले यस्तो बताए।

मन्त्री पोखरेलले गोविन्द केसीले विधेयकको स्वामित्व ग्रहण गर्न आग्रह गरे। पारित विधेयकलाई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेश गरिनेछ।

सम्बन्धित समाचार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा तीन संशोधन प्रस्ताव दर्ता, यस्ता छन् संशोधन प्रस्ताव गरिएका बुँदाहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell