PahiloPost

May 18, 2025 | ५ जेठ २०८२

ने क पाका सांसदलाई प्रधानमन्त्रीको निर्देशन : पार्टीको नीति अनुसार चल्नुस



पहिलोपोस्ट

ने क पाका सांसदलाई प्रधानमन्त्रीको निर्देशन : पार्टीको नीति अनुसार चल्नुस

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन्। 

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसदहरूसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताए। प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसद्मा प्रस्तुत हुन आग्रह गरे। 

पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरूलाई निर्देशन दिए। ‘पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्योल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रूप लिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन्। त्यसपछि स्थानीय तहहरूलाई निर्देशित गर्न पनि सजिलो हुन्छ।’

प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने, संसदहरुलाई विभिन्न विषयमा प्रशिक्षित गरिने बताए। प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सांसदहरूसँग घनिष्ठ सम्बन्ध राख्न आग्रह गरे। ‘कतिपय अवस्थामा मन्त्रीहरू सिधै जनतासँग जोडिन सकेका हुँदैनन्, त्यसका लागि सासदहरु मार्फत मन्त्रीहरूले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनता पठाउने हो,’ उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell