PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एनसेल बिक्रीको लाभकर एक्जिएटा र एनसेलबाट असुल्न सर्वोच्चको परमादेश



पहिलोपोस्ट

एनसेल बिक्रीको लाभकर एक्जिएटा र एनसेलबाट असुल्न सर्वोच्चको परमादेश

काठमाडौं : सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न परमादेश दिएको हो। 

दुबै पक्षको बहस सुनेपछि अदालतले बुधबार फैसला दिएको हो। नयाँ प्रधानन्यायाधीशमा राणा आएपछि गत बिहीबारबाट सुनुवाइ सुरु भएको थियो। 

मंगलबार निवेदक द्वारिकानाथ ढुङ्गेल र अधिवक्ता भावेश गौतमका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले बहस गरेका थिए। यस्तै, विपक्षी ठूला करदाता कार्यालयका तर्फबाट सरकारी वकिलले पनि मङ्गलवार बहस सुरु गरेका थिए। दुवै पक्षको बहस सकिएपछि निवेदक र विपक्षी दुबैका कानुन व्यवसायीले स्पष्ट पार्नुपर्ने विषयमा आफ्ना धारणा राखेका थिए। 

एनसेलले नै लाभकर तिर्नुपर्ने पक्षमा निवेदक द्वारिकानाथ ढुङ्गेलका कानुन व्यवसायी थिए। एनसेलका तर्फबाट र रिटमार्फत अदालत पुगेका अधिवक्ता भावेष गौतमका कानुन व्यवसायीले भने स्वामित्व हस्तान्तरण गर्ने टेलियासोनेराबाट लाभकर असुल गर्नुपर्ने जिकिर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell