PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी ह्याम्स अस्पतालको आइसियूमा : के भएको हो उनलाई?



पहिलोपोस्ट

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी ह्याम्स अस्पतालको आइसियूमा : के भएको हो उनलाई?
फोटो : सूर्य थापाको फेसबुकबाट

काठमाडौं : पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी ह्याम्स अस्पताल धुम्बाराहीमा भर्ना भएका छन्।


ललितपुस्थित भैसेपाटीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका अधिकारीलाई हिजो ह्याम्स अस्पताल भर्ना गरिएको हो। अस्पतालले जनाएअनुसार अधिकारीलाई आइसियूमा राखेर उपचार भइरहेको छ। 

यसअघि अधिकारीलाई स्वासप्रस्वासमा समस्या देखिएर मेडसिटी अस्पतालमा उपचार गराइएको थियो। हिजोमात्रै उनलाई ह्याम्स सारिएको हो।

अस्पतालले जनाएअनुसार अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक छैन, सुधारोन्मुख छ। फोक्सोमा कफ जमेको र श्वासप्रस्वासमा समस्या देखिएको उनलाई अस्पताल भर्ना गरिएको हो। 

उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिमले हेरिरहेको छ। डाक्टर रक्षा पाण्डे, डा सविन कोइराला लगायतको टिम उनको उपचारमा संग्लग्न छन्। छाती रोग र मुटुरोग विशेषज्ञहरुले उपचार गरिरहेको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell