PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुन तस्करको जालोमा वैदेशिक रोजगारीमा गएका युवकः त्रिभुवन विमानस्थलबाट बाहिरिए लगतै प्रहरी फन्दामा



पहिलोपोस्ट

सुन तस्करको जालोमा वैदेशिक रोजगारीमा गएका युवकः त्रिभुवन विमानस्थलबाट बाहिरिए लगतै प्रहरी फन्दामा

काठमाडौं: वैदेशिक रोजगारीमा गएर अवैध सुन ल्याउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कतारबाट फर्किएका सप्तरीका २० वर्षीय सन्तोष यादव र जनकपुरका २५ वर्षीय समिम साफीलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए।‘ अवैध रुपमा सुन ल्याएको आधारमा हामीले उनीहरूलाई नियन्त्रणमा लिएका हौँ,‘ डिएसपी बोगटीले भने।

यादवको साथबाट २ सय ग्राम सुनको बाला र सतीको साथबाट १५० ग्राम सुन बरामद गरेको प्रहरीको दाबी छ। सुन तस्करले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई अवैध सुन बोकाएर पठाउने गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

यसरी विदेशबाट अवैध रूपमा ल्याएको ५० ग्राम सुनमा २५ हजारसम्म नाफा हुने गरेको छ। सरकारलाई १० ग्राम सुनसम्म प्रतिग्राम ५ सय २० रुपैयाँ भन्सार शुल्क बुझाउनुपर्छ। पहिलो ५० ग्रामसम्म प्रति दश ग्राम ५ हजार २०० रुपैयाँ र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति दश ग्राम ६ हजार २०० रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ।

यसरी तस्करले विदेशबाट एक जना युवालाई सय ग्राम सुन बोकाएर पठाउँदा ५० हजारसम्म नाफा गर्ने गरेको देखिएको छ। कतिपय तस्करले यसरी सुन ल्याएबापत युवाहरूलाई मोबाइल, टिकट खर्चसमेत दिने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell