PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बडिबिल्डर महेश्वर सम्मानित



पहिलोपोस्ट

बडिबिल्डर महेश्वर सम्मानित

ललितपुर : नेपाल स्क्वास र्‍याकेट्स संघले १०औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शनिबार नगदसहित सम्मान गरेको छ।

थाइल्यान्डको चाइमाइमा गत डिसेम्बरमा भएको उक्त प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए। विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन्। महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन्।

महेश्वरलाई स्क्वास संघका अध्यक्ष किशोर महर्जनले एक कार्यक्रमबीच नगद १ लाख १ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell