PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एसएसपी बढुवामा छुटेपछि एसपी नरेन्द्र उप्रेतीले दिए राजीनामा



पहिलोपोस्ट

एसएसपी बढुवामा छुटेपछि एसपी नरेन्द्र उप्रेतीले दिए राजीनामा

काठमाडौँ: एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन्। बढुवामा आफ्नो नाम नपरेको भन्दै एसपी उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका हुन्।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिवार १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो।

१४ जनामध्ये सशस्त्र प्रहरी गण नं १ नक्सालमा दरबन्दी रहेका सन्दीप भण्डारी पहिलो नम्बरमा छन्। त्यसै गरी प्रहरी प्रधान कार्यालय युएन जगेडामा दरबन्दीमा रहेका टेकप्रसाद राई र इन्टरपोल शाखामा रहेका उमेशराज जोशी थोरै अंक अन्तरले दोस्रो र तेस्रो नम्बरमा छन्।

बढुवा सिफारिस सूचीमा पर्नेमा श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल नाम रहेको छ।

एसपी उप्रेतीले आफूभन्दा जुनियर प्रहरी अधिकृतको बढुवा भए पनि आफ्नो नभएकाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्। एसपी उप्रेतीले भने,’त्यस्तै भयो राजीनामा दिए।‘

एसएसपीमा बढुवा भएका भीम ढकाल, दीपक थापा, टेकबहादुर तामाङ जुनियर हुन्। एसपी उप्रेती हाल महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत छन्।

सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेर तीन वर्षमा नै एसएसपीबमा बढुवा हुने बाटो खोलेको थियो ह। नियमावली संशोधन हुन नसक्दा विगत चार महिनादेखि १४ जना एसएसपी दरबन्दी खाली रहेको थियो।

प्रथम श्रेणी तहको बढुवाको लागि चार वर्ष काम गरेको हुनुपर्ने नियम थियो। संशोधनपछि भने तीन वर्षमा नै बढुवा हुन पाउने भएका हुन्।

सम्बन्धित समाचार

१४ एसपीको एसएसपीमा र २६ डिएसपीको एसपीमा बढुवा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell