PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रचण्डको दुखेसो: चाहेको केही गर्न पाइएन, चटारो र तनावमै बित्ने भयो जीवन



विधुर ढकाल

प्रचण्डको दुखेसो: चाहेको केही गर्न पाइएन, चटारो र तनावमै बित्ने भयो जीवन

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले मन परेको चीज कहिल्यै गर्न नपाएको दु:खेसो गरेका छन्। मंगलवार ने क पाका नेता शरल सहयात्रीले लेखेको उपन्यास 'शिखरको ढुंगो' उपन्यासको विमोचन गर्दै प्रचण्डले यस्तो दु:खेसो पोखेका हुन्।

'मेरो जीवन राजनीतिक चटारोमै बित्ने भयो मन परेको चिज कहिल्यै गर्न पाइएन। के बन्छु भनेको थिए के बन्न पुगें,' उनले भने, 'हाई स्कुल पढ्दा पाइलट बन्ने सपना देखेको थिएँ। कलेज पढ्दा इञ्जिनियर पछि सैनिक कमाण्डर बन्छु भन्ने लागेको थियो। तर राजनीतिमा लागियो। त्यही पनि यस्तो चटारोको राजनीतिकी सँधै तनावमा बित्छ। चटारोमा बित्छ।'

तर पनि त्यसलाई आफूले स्वीकार गरी अगाडि बढेको र अन्त्यसम्म यसमा लागि रहने उनले बताए।

आफूले निरन्तरतामा क्रमभंगता भन्दै आएको स्मरण गर्दै अब फेरि क्रम भंग गर्नुपर्ने बताए। 'संविधान निर्माण गरी चुनाव गराउनु एउटा क्रमभंगता थियो,' उनले भने, 'अबको यात्रा समाजवाद तर्फको यात्रा हो। अबको दशक समाजवादी क्रान्तिको आधार तयार गर्ने दशकको रुपमा लिएका छौँ।' उनले नेपालबाट विश्वालाई समाजवादी विचारको नयाँ सिद्धान्त र विचार दिने बताए।

'पौराणिककालमा पनि नेपाल विचारको फर्टाइल ल्याण्ड थियो। शिव पार्वती हुन् या सीता जनक वा गौतम वुद्ध नै उनीहरुले आफ्नो समयमा विश्वलाई आफ्नो विचार दिए। अंग्रेजहरुलाई युद्धमा पराजित गरेर एउटा सन्देश दिए,' उनले भने, 'अब नेपालबाट विश्वलाई समाजवादको विचार दिने समय आएको छ।'

उनले पुग नपुग तीन करोड नेपाली तीन अर्ब जनसंख्याको बीचमा रहेको भन्दै यसलाई अवसरको रुपमा सदुपयोग गरेर समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताए। समाजवादको यात्रा आर्थिक समृद्धि विना पूरा नहुने भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अबको दशक आर्थिक समृद्धिको रहेको बताए।

पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिलिमै बित्यो

यसैबीच प्रचण्डले जनयुद्धको सुरुवात कुनै मूर्खता पूर्ण आवेशन सुरु नगरिएको बताएका छन्। 'जनयुद्ध बुद्धि नभएकाहरुले केही नजान्नेहरुले सुरु आवेशमा सुरु भएको थिएन्' उनले भने, 'जनयुद्धमा लागेका युवाहरुले अहिले आफ्नो क्षेत्रमा प्रगति गरिरहेका छन्। मिरा राईले विश्वमा नेपालको नाम चिनाउँदा गर्व लाग्छ। अरु युवाहरु पनि विभिन्न क्षेत्रमा प्रगती गरिरहेका छन्। यसले जनयुद्धमा केही क्षमता नभएकाहरु सहभागी थिएनन् भन्न कुरा प्रमाणित गरेको छ। तर, पनि जनवादी क्षमता भएकाहरु थिए भनेर पटक पटक प्रमाणित गर्नुपर्ने हुन्छ।'

उनले जनयुद्धबाट पहिलो पटक सरकारमा जाँदा के के न गर्छु भन्ने भए पनि चमत्कार गर्न नसकेको स्विकार गरे। 'पहिलो पटक प्रधानमन्त्री बन्दा केही चमत्कार गर्न सकिनँ। अनुभव नभएको क्षेत्रमा एक्कासी जाँदा चम्तकार गर्न सकिने कुरा पनि थिएन,' उनले भने, 'नयाँ ठाउँ नयाँ परिवेश झिलिमिलीमै बित्यो। झिलिमिल झिलिमिली हुँदा हुँदै नौ महिना वित्यो सरकारबाट बाहिरन पर्‍यो।'

उनले दोस्रो पटक प्रधानमन्त्री हुँदा योजनावद्ध तरिकाले अगाडि बढ्न पाएको बताए।

सगरमाथा आरोहणका लागि दिएको दुई करोड फिर्ता लिन पर्‍यो

पुस्तकको प्रमुख विषय १० जना माओवादी युवाहरुको सगरमाथा आरोहणको विषय छ। आरोही दलका एक सदस्य सरल सहयात्रीले लेखेको उपन्यासको विमोचन गर्दै गर्दा प्रचण्डले आरोहणका लागि आवश्यक सहयोग गर्न नपाएको उनले बताए।

'सगरमाथा चढ्दा करोडौँ लाग्दो रैछ। पार्टी सरकारमा थियो। म प्रधानमन्त्री थिएँ। त्यही बेला केही करोड छुट्याइदिएको थिएँ,' उनले भने 'तर पछि ठूलो विरोध भयो। यतिका विरोध भए पनि मैले नै सरकारको निर्णय खारेज गर्न भन्नु पर्‍यो।'

उनले प्रकाश आफ्नो छोरा भएका कारण चन्दा सहयोग संकलन गर्न सजिलो भएकैले आरोहण सफल भएको बताए। कार्यक्रममा उनले पटक पटक प्रकाशको नाम लिए। प्रकाश पनि सोही आरोहण दलका सदस्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell